शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गौहत्यामा संलग्नमाथि कारबाही गर्न विश्व हिन्दू युवा संघको माग

मङ्गलबार, १७ भदौ २०७६, १६ : ३९
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ । 

समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर सैतिँस गाईको हत्या एवम् ८६ वटा गाई घाईते बनाइएको भन्दै भत्सर्ना गरेको छ । 
समितिका महासचिव रोसन जङ्ग बस्नेतको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन् ।’

कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ–संरक्षणमा लाग्नको लागि जोड दिए । 

त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए । 

कार्यक्रममा जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामी, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष सागर थापालगायतले घटनाका दोषीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप