जिल्ला अदालतको आदेश बदर माग गर्दै रवि लामिछाने उच्च अदालतको शरणमा
काठमाडौँ– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन् ।
पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछाने ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै लामछिाने र कँडेल मंगलबार उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।
लामिछाने र कँडेललाई अघिल्लो सोमबार न्यायाधीश हेमन्त रावलको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछाने र कँडेलले फौजदारी कार्यिवधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।
उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा