बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा प्रदर्शन

मङ्गलबार, १७ भदौ २०७६, १६ : २२
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं–चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा -यालीसहित प्रर्दशन गरेका छन् ।
 

प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । 

मकवानपुर घर भएका प्रविन बिडिएस अन्तिम बर्षमा पढ्ने विद्यार्थी हुन् । उनी छात्रवृत्तिमा बिडिएस पढ्दै थिए । चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्‍याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि चौविसकोठीमा नै विद्यार्थीले प्रर्दशन गरेका थिए । उनीहरुले विनाकारण विद्यार्थी नेता पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरे ।

चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको अभियानका संयोजक प्रकाश चन्दले बताए । 
वर्तमान सरकारले मेडिकल माफियालाई कारबार्ही गर्नुको साटो मेडिकल पढ्ने बिद्यार्थीमाथी दमन गर्ने काम गरेको उनले आरोप लगाए । 

तोकिएको भन्दा लाखौं बढी पैसा असुली गरी चितवन मेडिकल कलेजले मेडिकल शिक्षाका नाममा लुटतन्त्र मच्चाएको भन्दै बिद्यार्थीहरुले मेडिकल कलेज बिरुद्ध  नाराबाजी समेत गरेका थिए । 

१२ देखि २० लाख सम्म बढी पैसा कलेजले असुली गरेको र त्यसको बिल भरपाई समेत केही नदिने गरेको भन्दै विद्यार्थीले कलेज प्रशासन बिरुद्ध चर्को नाराबाजी गरे ।  

आफूहरुको आन्दोलनलाई दवाउन प्रविनलाई पक्राउ गरिएको र  पक्राउ गरिएका विद्यार्थी तत्काल नछाडे आन्दोलनलाई थप चर्काउने उनीहरुको चेतावनी छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछ गर्नुपर्ने भएकाले प्रविनलाई पक्राउ गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप