शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘रातो टीका निधारमा’ ट्रेलर : ‘गाउँले साम्राज्ञी, एजेन्ट अंकित’

मङ्गलबार, १७ भदौ २०७६, १५ : ५१
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं – अशोक शर्माको निर्माण निर्देशन रहेको फिल्म ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले थप प्रचारका लागि फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगारीको कथा बुझाउने ट्रेलरमा फिल्मका केही मुख्य अंशले प्राथामिकता पाएका छन् । ट्रेलरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह गाउँले युवतीको भूमिका छिन्, भने नव हिरो अंकित शर्मा वैदेशिक रोजगारीमा पठाउने एजेन्टको रुपमा देखिएका छन् । कमेडी शैलीमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता जगाउन सक्छ ।

साम्राज्ञी र अंकितसँगै फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारका अभिनय देख्न सकिन्छ । 
निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्मा निर्माता रहकेो फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । 

अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’लाई पनि रि–एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक हुने निर्माण युनिटले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप