शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पायो ग्रुपको ‘बदाम जुस’ बजारमा

मङ्गलबार, १७ भदौ २०७६, १२ : ५९
मङ्गलबार, १७ भदौ २०७६

भक्तपुर– पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम जुस बजारमा ल्याएको हो ।  

पायो बदाम ड्रिङ्क शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको कम्पनीले बताएको छ । यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्वहरुले स्वास्थमा लाभ हुने कम्पनीले जनाएको छ ।  

भारतको चेन्नाईको एक कम्पनीसँगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रुपमा अर्गानिक भएको र आईएसओ सर्टिफाईड  र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए । 

साँथै, उनले पायो बदाम ड्रिङ्क बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप