वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी
मङ्गलबार, १७ भदौ २०७६, १२ : २५
बुटवल। अर्घाखाँचीका अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ।
वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् । छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ केही साथीहरु ( विप्लवका कार्यकर्ता ) हुनुहुन्छ , त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा