शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नासामा नयाँ कार्यकारी समिति, अध्यक्षका तीनैजना उम्मेदवार बने सल्लाहकार

मङ्गलबार, १७ भदौ २०७६, १२ : १७
मङ्गलबार, १७ भदौ २०७६

डिसी । दक्षिणपूर्वी अमेरिकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको साझा क्षेत्रीय सङ्गठन नासाको हालै सम्पन्न निर्वाचनले नयाँ कार्यकारी समिति गठन गरेको छ ।

‘नासा’ अर्थात् नेप्लिज एसोसिएसन इन साउथईस्ट अमेरिकाको नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारीहरुले पदावधी २०१९देखि २१ सम्म रहनेछ । 

दुई बर्षे अवधिका लागि गत सेप्टेम्बर १, २०१९ मा भएको निर्वाचनबाट अध्यक्षमा बिनय अर्याल (नर्थ क्यारोलिना), तथा बरिष्ठ उपाध्यक्षमा अम्बिका लोहनी शर्मा (जर्जिया) निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा बिशाल भारती (नर्थ क्यारोलिना) ,महासचिवमा कृष्ण श्रेष्ठ,(फ्लोरिडा) तथा सहसचिबमा रमा घिमिरे (जर्जीया) निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा नर्थ क्यारोलिनाका  डा निर्मल पौडेल चयन भएका छन् । 

सदस्यहरूमा बन्दना खड्का,सावित्री रानाभाट, भिम प्रसाद तिमिल्सिना, चेत भट्टाराई,दिपक रानाभाट, (नर्थ क्यारोलिना) प्रल्हाद शाह ,सुदर्शन गैरे , सि के पराजुली (जर्जीया) मनोज कुमार राई  तथा नरेन्द्र बराल, आमोद देबकोटा, (साउथ क्यारोलिना) भिष्मराज अर्याल, (भर्जिनिया) ,डा सुमन सिलबाल (बिद्यावारीधी )अलाबामा ,कृष्ण देवकोटा . जर्जीया तथा शुसिल  पौडेल टेन्नसी बिजयी भएका छन् । 

नवनिर्वाचित अध्यक्ष अर्यालले अध्यक्ष पदका प्रत्याशी तीनै जना क्रमशः डा ठाकुर कार्की,शिव बिष्ट तथा पशुपति न्यौपानेलाई सल्लाहकारमा मनोनित गरेको जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप