शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दीवाकरको फिल्ममा छैनन् आर्यन, दीपिकासँग नयाँ हिरोको रोमान्स

मङ्गलबार, १७ भदौ २०७६, १२ : १२
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं –निर्देशक दीवाकर भट्टराई अहिले नयाँ फिल्म ‘तिमिसँगै हुने मन छ’को तयारीमा जुटेका छन् । गतबर्षको फागुनमा रिलिज भएको अनमोल केसी अभिनित ‘क्याप्टेन’ पछि उनले कुनैपनि फिल्म निर्देशन गरेका छैनन् ।
‘स्टुपिड मन’ र ‘ऐश्वर्य’ जस्ता मनछुने फिल्म बनाएका भट्टराईको नयाँ फिल्ममा अभिनेता आर्यन सिग्देल हिरोको रुपमा रहने केही पहिले मिडियामा समाचार आएको थियो । आर्यनले अभिनेत्री दीपिका प्रसाईसँग फिल्मी रोमान्स गर्ने समेत समाचारमा उल्लेख थियो । तर निर्देशक भट्टराईले भने आफ्नो फिल्ममा आर्यन नरहने जानकारी दिए ।

‘म दुई जना नयाँ हिरो लिएर फिल्म गर्दैछु’ निर्देशक भट्टराईले भने ‘फिल्मको आन्तरिक काम भइरहेको छ । तयारी सकेर छिट्टै घोषणा गर्छु ।’ 

हुन त केही पहिले फिल्म अभिनयका लागि आर्यनसँग मौखिक सहमति भएको समाचार बाहिर आएको थियो । त्यसपछि आर्यनले फिल्म छोडे भनेर पनि हल्ला चल्यो । निर्देशक भट्टराईले फिल्मका लागि आर्यन नछानिएको स्पष्ट पारे ।

निर्देशक भट्टराइले केही दिन पहिले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गराएका छन् । दर्ता पहिले उनले फिल्मको स्क्रिप्ट पशुपति मन्दिरमा लगेर पूजागरेका थिए । 

लभस्टोरी जनरामा निर्माण हुने फिल्म ‘तिमीसँगै हुने मन छ’को दशैंपछि छायांकन सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए ।

ओम नम शिवाय फिल्मको ब्यानरमा बन्ने फिल्ममा अभिनेत्री दीपिका प्रसाईंको अलवा केही नयाँ र पुराना कलाकारको समेत अभिनय रहनेछ । दीपिका निर्देशक भट्टरार्ईकी धर्मपत्नी समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप