१८ दिनसम्म लगातार ९०० किमी हिँडेर अक्षय कुमारलाई भेट्न पुगे एक फ्यान

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आइतबार आफ्नो एक जना फ्यानको भिडियो र तस्विर सामाजिक संजालमा शेयर गरे ।
प्रभात नामका ती फ्यान अक्षय कुमारलाई भेट्नको लागि १८ दिन लगाएर ९०० किमी पैदल हिँडेर मुम्बई पुगेका थिए ।
अक्षयले भिडियो शेयर गर्दै लेखेका छन् ,‘ यी प्रभात हुन् । उनीसँग मेरो आज बिहान भेट भयो । यी मलाई भेट्नको लागि १८ दिनसम्म द्वारकाबाट पैदल हिँडेर मुम्बई आएका हुन् । यदी हाम्रा युवाले यस्तै खालको प्लानिङ र दृढ निश्चय आफ्नो लक्ष्य पाउनको लागि लगाए भने तिनलाई कसैले पनि रोक्न सक्दैन ।’
अक्षयले प्रभातबारे एउटा अर्को पोस्ट शेयर गरेका छन् जसमा उनले यस्तो माया पाएर आफूलाई धेरै खुसी महसुस हुने लेखेका छन् ।
तर उनले यस्तो कामलाई बढावा नदिन पनि भनेका छन् । उनले युवालाई आफ्नो समय र ऊर्जा जीवन राम्रो बनाउनको लागि लगाउन आग्रह गरेका छन् ।
भिडियोमा प्रभातले अक्षयसँग कुरा गर्दै आफू उनको फ्यान भएको प्रमाणित गर्नको लागि हिँडेर आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ