कोहलपुर प्रहरीमाथि आरोप : अभियुक्तलाई पक्रेपछि गोली प्रहार गरियो

काठमाडौँ । सोमबार साँझ बाँकेको कोहलपुरमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि गोली प्रहार गरेको आरोप लागेको छ ।
८ वर्षअघि डाँका चोरी मुद्दामा ६ वर्ष कैद र २७ हजार जरिवाना तोकिएका बर्दिया बेलुवाका नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिएपछि प्रहरीले गोली प्रहार गरेको आरोप लागेको हो ।
बर्दियाको देउराली जंगलस्थित सडकखण्डमा हतियार देखाएर न्यौपानेलगायत तीन जनाले संयुक्त राष्ट्रसंघको गाडीलाई लुटपाट गरेका थिए । डाँका चोरी गरेको मुद्दामा जिल्ला अदालत बर्दियाले २०६८ साल पुस २१ गते कैद र जरिवानाको फैसाला गरेको थियो ।
कैद र जरिवाना सजाय पाएका न्यौपाने, डिल्ली वली, मंगल शाही फरार थिए ।
मोटरसाइकलमा राखेर इलाका प्रहरी कार्यालय कोहलपुर लग्दै गर्दा नेपालगञ्ज–२० राँझा नजिकै मोटरसाइकलबाट हाम फालेर न्यौपाने भागेको भन्दै प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको बताइएको छ ।
न्यौपानेको बायाँ खुट्टाको पिडुलामा १ राउण्ड गोली लागेको छ ।
बुलेट बाइकमा प्रहरीले न्यौपानेलाई बीचमा राखेर हतकडी नलगाइ ल्याएको पाइएको छ ।
बाइक चलाउनेमा इलाका प्रहरी कार्यालय बाँसगढी, बर्दिया दरबन्दी भएका प्रहरी सहायक निरीक्षक नरेन्द्र शाही थिए ।
यस्तै बाइकको सबैभन्दा पछाडी बस्ने गुल्मी दरबन्दी भएका हवल्दार टेकबहादुर पुन थिए ।
न्यौपानेलाई उनीहरुले मोटरसाइकलको बीचमा राखेर ल्याएका थिए ।
तर, प्रत्यक्षदर्शीका अनुसार सई नरेन्द्र शाहीले न्यौपानेलाई बाइकबाट झर्न आग्रह गरेको र झर्नलाई खुट्टा उचालेको बेला भाग्न लागेको भन्दै बाइकको पछाडी बसेका हवल्दार पुनले गोली चलाएका हुन् ।
न्यौपानेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासङ्घसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?