प्रदेश नं १ मा तीन दिन संविधान दिवस मनाइने

विराटनगर - प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा आज बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ ।
संविधान दिवसका उपलक्षमा प्रदेशका १४ जिल्लाका सदरमुकाम र सीमा क्षेत्रमा ठूलो एकै आकारको राष्ट्रिय झण्डा राख्ने, प्रदेशका सम्पूर्ण सरकारी, स्थानीय निकाय र संस्थानमा राष्ट्रिय झण्डा राख्ने, प्रदेशमा बस्ने जातजातिको मौलिक पहिरनसहित प्रतिस्पर्धात्मक झाँकी प्रदर्शन, दीपावली, सरसफाइ, वृक्षारोपण, ज्येष्ठ नागरिकका घरमा र अस्पतालमा फलफूल वितरण, रक्तदान, संविधानको विशेषता सम्बन्धमा पत्रपत्रिकामा लेख, टिभी र रेडियोमा सम्वाद प्रशारण गर्ने निर्णय गरिएको छ ।
यसैगरी प्रभातफेरी, नेपाल टेलिकमबाट संविधान दिवसका शुभकामनाका छोटा सन्देश प्रवाह गर्ने, नेपालको संविधानको पुस्तक अङ्कित शिलालेख तयार गरी प्रदेशसभा भवन सचिवलय अगाडि र मुख्यमन्त्री कार्यालय आगाडि राख्ने, सर्वसाधारणलाई संविधान दिवस मनाउन अपिललगायतका कार्य गरिने भएको छ । यसैगरी मुलुकको नाम विश्वस्तरमा फैलाएकामा राष्ट्रिय गानका रचयिता व्याकुल माइला, (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरिता शेर्पा र अल्ट्रा एथलेटिक्सका खेलाडी मीरा राईलाई सम्मान गरिने भएको छ ।
दिवस भव्यरुपमा सम्पन्न गर्न मुख्यमन्त्री राईको संयोजकत्वमा ३३ सदस्यीय मूल समारोह समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा प्रचारप्रसार उपसमितिलगायत अन्य उपसमिति गठन गरिएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना