शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीजकै दिन ३ महिला नदीको भेलमा बेपत्ता

सोमबार, १६ भदौ २०७६, १९ : ३७
सोमबार, १६ भदौ २०७६

बुटवल– कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को मर्थीनदीको सन्तघाटमा नुहाउने क्रममा नदीको भेलमा परेर ३ जना बेपत्ता भएका छन् । 

तीजका अवसरमा नदीमा नुहाउन गएका शुद्धोधन गाउँपालिका ६ बेलभरियाकी २५ वर्षीय तारामति कोहार, सोहि स्थानकी १५ वर्षीय तारा कहाँ र र धनश्यमाम रैदासकी ८ वर्षीय छोरी खुस्बु रैदास भेलमा बगेको जिल्ला प्रहारी कार्यालयक कपिलवस्तुले जनाएको छ । 

भेलमा बगेका उनीहरुको खोजीका लागी स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । यता घटनाको स्थलगत अवलोकनका लागी प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दिपशम्सेर जबरा, शसस्त्र प्रहरी २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी सहितको टोली घटनास्थलमा पुगेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप