प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पौडेल सिंगापुर जाने

काठमाडौं – नेकपाका महासचिव विष्णु पौडेल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्यसतर्फ जाने भएका छन् ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था बझ्न उनीहरु मंगलबार सिंगापुर जान लागेको नेकपा सचिवालय स्रोत जनाएको छ ।
यसअघि, प्रस्तावित उपाध्यक्ष बामदेव गौतम पनि सिंगापुर जाने बताइएको थियो । तर, पार्टीको काम भएको कारण गौतम भने सिंगापुर नजाने भएका हुन् ।
प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । यतिबेला उनको सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यसअघि १८ साउनमा सिङ्गापुर गरेर करिब दस दिनपछि स्वदेश फिर्ता थिए ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने