शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साम्राज्ञीदेखि बर्षासम्म तीज पहिरनमा देखिए कस्तो ? (फोटोफिचर)

सोमबार, १६ भदौ २०७६, १८ : ३९
सोमबार, १६ भदौ २०७६

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महिला दिदीबहिनीले धुमधामका साथ मनाइरहेका छन् ।  तीजको अवसरमा उनीहरु पशुपतिसहित देशभरका महादेवको मन्दिरमा पूजा आराधना गरी नाँचगान गरेर मनाउने गर्दछन् । आजको दिन ब्रर्त बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

यो दिन विवाहित महिलाले श्रीमान्को लामो आयुको कामना गर्नुका साथै अविवाहितले आफ्ना लागि राम्रो वरको कामना गर्ने गर्दछन् । यो दिन सर्वसाधरण समेत विशेष पहिरन र गरगहनामा सजिएर अरुभन्दा आफु राम्रो देखिने समेत गर्दछन् । देशका सबै क्षेत्रका महिलालाई छोपेको यो तीजबाट हाम्रा कलाकार अछुतो हुने त कुरै भएन । 

उनीहरुलाई पनि तीजले छपक्कै छाएको उनीहरुले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्विरबाट अनुमान लगाउन सकिन्छ । उनीहरुले तीज पहिरनमा सजिएको तस्विरसहित सबैलाई शुभकामना पनि व्यक्त गरिरहेका छन् । 

यस्ता छन् कलाकार तीज तस्बिर: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप