टान निर्वाचनको उम्मेदवारी घोषणा
काठमाडौं– आगामी भाद्र २० गते काठमाडौंमा ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को केन्द्रिय निर्वाचन हुँदैछ । टानको आगामी २ वर्षे कार्यकालका लागि भाद्र २० गते निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि अञ्जन थापा समूह र खुमबहादुर सुवेदी समूहले सोमबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
सत्तारुढ नेकपाको समर्थन रहेको थापा समूहको अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका सुवेदी समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरे ।
दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दावी गरेका छन् । नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि त्यसको गुणस्तरीय सेवामा लागि पर्ने पनि बताए ।
काँग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारे । उनले आफ्नो समूह विजयी भए विगतका पदाधिकारीहरुले भन्दा बढि काम गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
आगामी भाद्र २० गते टानको ४१ औं साधारण सभाको अवसर पारेर निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव