चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि नेपाल आउने
सोमबार, १६ भदौ २०७६, १५ : १९

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् ।
राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।
राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।
राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।
यो पनि
यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टा काठमाडौमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब