नदीमा हराएका युवक मृत भेटिए

बुटवल– नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । वेपत्ता भएका युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीयवासीको सक्रियतामा खोजतलास गर्दा सोमबार बिहान १० बजे उनको शव पिडुरा नदिमा फेला परेको हो ।
तिलोत्तमा विद्यालय बुटवलमा कक्षा १२ मा पढदै गरेका शैलेन्द्र शनिबार हातिवनस्थित घर आएर आइतबार साथीहरुसँग पिडुरा नदिमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी डुबेपछि साथीहरु गाउँमा आएर होहल्ला गरेका थिए । त्यसलगत्तै अभिभावक र स्थानीयवासी खोज्न जाँदा नभेटिएको हातिवनवासी विनोद पाण्डेले जानकारी दिए ।
उनीहरुले सोमबार बिहानमात्र उनको शव फेला पारेका थिए । मृतक यादवको शव पृथ्वी चन्द्र अस्पतालमा पोष्टमार्टमको लागि लगिएको गोबरहिया प्रहरी चौकी इन्चार्ज सीवी ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार