एटीएम चोरी प्रकरण : ठमेलको मनि एक्सचेन्जबाट २९ लाख ९९ हजार साटेको खुलासा
काठमाडौँ– काठमाडौँको दरबारमार्गबाट नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिकमध्ये भागेका २ जनाबारे प्रहरीले थप प्रमाणहरु फेला पारेको छ ।
प्रहरीले शनिबार एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका अन्य तीन जना भागेका थिए । भागेकामध्ये एक जनालाई प्रहरीले सोमबार विमानस्थलबाट पक्राउ गरेको छ ।
यस्तै भागेकाहरुमध्ये २ जनाले काठमाडौको ठमेलस्थित डेक्सो मनि एक्सचेन्जबाट २९ लाख ९९ हजार रुपैयाँ साटेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीका अनुसार अनुसन्धानका क्रममा डेक्सो मनि चेन्जरबाट झण्डै ३२ हजार डलर साटेको भेटिएको हो ।
आठ जनाको समूहमा रहेका चिनियाँ लुटेराहरुमध्ये अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । बाँकी २ जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार पक्राउ परेकाहरूकाे साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १–१ थान समेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण