शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले पनि जातीयताको आधारमा तराई पहाड छुट्याउने प्रयास भइरहेको छ : चित्र बहादुुर केसीसँगको भिडियो वार्ता

संघीयता कार्यान्वयन महाभारत भयो, कुरुप देखिन थाल्यो
सोमबार, १६ भदौ २०७६, १३ : १९
सोमबार, १६ भदौ २०७६

काठमाडौँ– मुलुक संघीय संरचनामा प्रवेश गरेको वर्षौँ भएपनि यदाकदा यसको विपक्षमा अवाजहरु उठ्न छाडेका छैनन् । त्यसमध्ये नेपालमा संघीयता फाप्दैन भन्दै आएको एउटा पार्टी हो, राष्ट्रिय जनमोर्चा । यसका अध्यक्ष हुन्, चित्र बहादुर केसी ।

केसी अझैपनि संघीयता खारेज हुनुपर्छ भनेर आफ्ना गतिविधि निरन्तर चलाइरहेका छन् । यद्यपि केसी नेतृत्वको दलले बोकेको नीति र विचारलाई निर्वाचनमार्फत जनताले अस्वीकार गरिसकेका छन् । तर, पनि केसी भने आफ्नो पार्टीको नीति, सिद्धान्त र विचार अझ सशक्त हुँदै गएको दावी गर्छन् । उनी संघीयता जति लम्बिन्छ त्यति नै देशमा दुष्परिणाम आउने दावी गर्छन् । खासगरी उनी संघीयताले जातीय र क्षेत्रीय द्वन्द्व निम्त्याउने दावी गर्छन् । जातीय राज्य बनाउन अझैपनि युरोपियनहरुले चलखेल भइरहेको उनको दावी छ । 

केसी भन्छन् ‘अहिले पनि जातीयताको आधारमा तराई पहाड छुट्याउने प्रयास भइरहेको छ । संघीयता नेपालका राजनीतिक दलहरुले चाहेर नभई शक्ति केन्द्रकै बलमा संघीयता लादिएको हो । त्यसैले अहिलेसम्म संघीयता कार्यान्वयन हुन नसकेको छैन ।’

दलहरुले संघीयता सबै प्रकारको औषधी हो भनेर दुस्प्रचार गरेर भुल्याएको तथा संघीयताको भार र असर  जनतामा परिसकेको अध्यक्ष केसीको दावी छ ।


‘यस्तो कमजोर अर्थतन्त्र भएको देशले ७६१ वटा सरकार धान्न सक्छ ?’ केसीको प्रश्न छ । संघीयता खारेजीको विकल्प नभएको बताउने उनी कुनै न कुनै दिन संघीयता खारेजी गर्नुको विकल्प नभएको बताउँछन् ।

‘नेपालको सन्र्दभमा संघीय प्रणाली उपयुक्त हो कि होइन ? यसले क्षेत्रीय र जातीय सद्भाव जोगाउछ कि जोगाउदैन ? देशको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डता जोगाउनै सक्दैन’ केसीको ठोकुवा छ । 

राजमोले सुरुबाटै संघीयताको अधारमा पुनःसंरचना गर्नुहुँदैन भनेर भन्दै गरेको र आज आएर त्यो पुष्टि भएको उनको ठहर छ ।

‘संघीयताले कुरुप देखाउन थाल्यो । संघीयता तत्कालिन एमाले र काँग्रेसले राजीखुसी स्वीकारेका थिएनन्, जसले अहिलेसम्म पनि प्रदेशको न्वानरान भएको छैन । संघीयता कार्यान्वयन गर्न माहाभारत भयो । जनता निराश छन्,’ केसीको भनाई छ ।

भोटका आधारमा नभएपनि नीति र विचारका आधारमा काँग्रेस र नेकपा भन्दा राजमो ठूलो पार्टी रहेको केसी बताउँछन् ।

प्रस्तुत छ, उनै केसीसँग संघीयताको कार्यान्वयन, वर्तमान सरकारका कामकारवाही, विदेशी हस्तक्षेप र नेकपाको एकता प्रकृया लगायतका समसामयीक विषयमा रातोपाटीका लागि रोहित दाहालले गरेको भिडियो वार्ता :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप