शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चन्द्रयान– २ मा इसरोलाई अब असली 'च्यालेन्ज'

सोमबार, १६ भदौ २०७६, १३ : १४
सोमबार, १६ भदौ २०७६

आज २ सेप्टेम्बर सोमवारको दिन  भारतीय अंतरिक्ष अनुसन्धान संस्थान इसरोका लागि  अत्यंत चुनौती पूर्ण रहेको छ   । आज दिउँसो  १२ बजेर ४५ मिनेटदेखि १३ बजेर १५ मिनेटका बीचमा इसरोले  चंद्र यान -२ अभियान  अंतर्गत एउटा ठूलो खुड़कीलो  पार गर्नु छ। त्यों  हो, चंद्र सतहदेखि ११९* १२७ किमीमाथिको ऑर्बिटबाट  चंद्रपरिक्रमा गरीरहेको मुख्ययान ऑर्बिटरसंग  पठाइएको  ल्याण्डर विक्रम नाम गरेको चन्द्रमामा ओर्लिने यानलाइ ऑर्बिटरबाट बेग्लै गरी चन्द्रमामा अवतरणका लागि अघि बढाउनु पर्ने ।

चंद्रयान-२  को पृथ्वीबाट प्रक्षेपण गरेपश्चात्  हिजो १ सेप्टेम्बरसम्म इसरोका वैज्ञानिकले  चंद्रयानमा जे जे परिवर्तन र गतिविधि  गरे त्यों  इसरोका  वैज्ञानिकहरुको लागि  पूर्वमा अनुभव संगालेको विषय थियो  । २००८ मा  पहिलो पटकको चंद्र अभियानमा इसरोले यी सबै गतिविधि संपन्न गरेर  अनुभव प्राप्त गरीसकेको थियो  ।
 चंद्रयान -२  लाइ इसरोले  १ सेप्टेम्बरमा चन्द्रमाको ११९*१२७ किमी तल्लो चंद्र  ऑर्बिटमा स्थापित गर्यो ।यस अघि ३० अगस्त  ,२८ अगस्त ,२१ अगस्तमा चंद्रयानलाई पटक पटक गरी इसरोका वैज्ञानिकले   झन झन तल्लो  चंद्र ऑर्बिटमा स्थापित  गराउँदै गएका थिए । त्यों भन्दा पहिला पृथ्वीछाडेर चन्द्रमातिर  उड़दै गईरहेको चंद्रयानको गति कम गराएर यसलाई  चन्द्रमाको  ऑर्बिटमा प्रवेश गराउनु र यस अघिका  तमाम गतिविधि र  तमाम अप्रेसनबारे  इसरोसंग  चंद्र अभियान -१ कै अनुभव थियो ।  

स्मरणीय छ २००८ मा इसरोले  गरेको  पहिलो चंद्र अभियानको उद्देश्य  चन्द्रमामा ओर्लिनु न भएर चन्द्रऑर्बिटसम्म पुग्नु  मात्रै रहेको  थियो । इसरोको चंद्र  अभियान एकमा चंद्रयान   चन्द्रमाको तल्लो ऑर्बिटसम्मा पुग्यो ,त्यही रहेर यसले आफ्ना गतिविधि गर्यो ।  यस अभियान को लक्ष्य चन्द्रमाको धरातल स्पर्श गर्नु   थिएन  । तर आफ्नो दोस्रो  अभियानमा इसरोले  चंद्र अवतरण गर्ने  ठूलो महत्वाकांक्षा बोकेको छ ।

चन्द्रमामा 'सॉफ्ट ल्यान्डिंग' गर्नु जटिल कार्य हो । अहिलेसम्म विश्वका तीन देशले मात्रै  यो सफल रूपमा गर्न सकेका छन।  रूस, अमेरिका र चीन बाहेक कुनै अन्य देशले चन्द्रमामा ओर्लिने सफलता पाएका छैनन ।२०१९ को प्रारंभमा इस्रायलले यो प्रयास गरे पनि अंतिमका पांच मिनटमा उसको प्रयास असफल हुन पुगेको थियो ।



इसरोका चेयरमैन के सिवनका अनुसार २ सेप्टेम्बरको अप्रेसन   यस मिसनको पहिलो सबैभन्दा ठूलो चुनौती हो । ऑर्बिटर र  ल्याण्डरको 'सेप्रेसन' गर्नु  इसरोका लागि  पहिलो घटना हुन  गईरहेका छ । यो 'सेप्रेसन' अत्यंत वेगले उडीरहेको ऑर्बिटरबाट गर्नुछ । यो झन्डै झण्डै त्यस्तै  प्रक्रिया  हो जुन कृतिम उपग्रहलाइ 'लांचर रॉकेट'बाट बेग्लै गर्दा गर्नुपर्ने हुन्छ  । यसलाई सामान्य भाषामा यसरी बुझ्न सकिन्छ - अहिले चंद्रयान  -२ मा  २वटा यान  'इंट्रीग्रेटेड'  छन,आजको हाम्रो काम 'इंट्रीग्रेटेड' रहेका  दुबै यानलाई बेगला बेग्लै  गर्नु हो । 'इंट्रीग्रेटेड' रहेका  दुबै 'स्पेसक्राफ्ट' लाइ  हामी पृथ्वीबाट  'कमांड' पठाउछौ , 'कमांड' पाएर 'इंट्रीग्रेटेड यान' को 'ऑनबोर्ड  सिस्टम' ले यसलाई ''एग्जिक्यूट' गरेर   ऑर्बिटरबाट  ल्याण्डरलाइ 'सेप्रेट'  गर्छ ।

यसपछि हाम्रो काम  झनै बढ्छ । अहिलेसम्म हामी एउटै यानलाइ नियंत्रित गरीरहेका थियो ,'सेप्रेसन' पश्चात् हामीले २ वटै यानलाई 'कंट्रोल' गर्नुपर्ने हुन्छ  । ऑर्बिटरलाई चंद्र ऑर्बिट मै नियंत्रित र संचालित गरिन्छ र ल्याण्डरलाइ २-३ पटकको अर्को आप्रेसन गर्दै  चन्द्रमामा 'ल्याण्ड' गराइन्छ।

के सिवनका अनुसार ऑर्बिटरले अर्को एक वर्षसम्म ऑर्बिट मै रही हामीलाई सन्देश पठाई रहने छ ।ल्याण्डरले  ७ सेप्टेम्बरमा निर्धारित कार्यक्रम अनुसार चन्द्रमामा ल्याण्ड गर्ने छ ।ल्याण्डर र यसभित्र रहेको रोभर प्रज्ञानले १४ दिन सम्म अर्थात २१ सेप्टेम्बरसम्म काम गर्ने छ।

सिवन ले भने - इसरोले  पहिलोपटक ३८४००० किमी टाढा रहेको' इंट्रीग्रेटेड यान'लाइ 'सेप्रेट' गर्न गईरहेका छ  ।कुनै पनि नौलौ काममा उत्तेजना हुनु ,नर्भस हुनु, बिभिन्न आशंका हुनु र एक किसिमको डर लाग्नु  स्वाभाविक हो ।  तर यी  सबै किसिमका  मन मुटु कम्पित गराउने  भय र उत्तेजनाका बीच हाम्रा वैज्ञानिक गंभीरतापूर्वक उत्साह र आफ्नो दक्षतामा विश्वास राखेर आजको 'अप्रेसन' सफल हुनेमा पूर्णरूपेण आश्वस्त छन ।    

आजको 'सेप्रेसन' पछि ७ सेप्टेम्बरको 'ल्यान्डिंग समय' हाम्रो लागि मिसन कै सबै भन्दा ठूलो चुनौतीका रूपमा रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप