चन्द्रयान– २ मा इसरोलाई अब असली 'च्यालेन्ज'
आज २ सेप्टेम्बर सोमवारको दिन भारतीय अंतरिक्ष अनुसन्धान संस्थान इसरोका लागि अत्यंत चुनौती पूर्ण रहेको छ । आज दिउँसो १२ बजेर ४५ मिनेटदेखि १३ बजेर १५ मिनेटका बीचमा इसरोले चंद्र यान -२ अभियान अंतर्गत एउटा ठूलो खुड़कीलो पार गर्नु छ। त्यों हो, चंद्र सतहदेखि ११९* १२७ किमीमाथिको ऑर्बिटबाट चंद्रपरिक्रमा गरीरहेको मुख्ययान ऑर्बिटरसंग पठाइएको ल्याण्डर विक्रम नाम गरेको चन्द्रमामा ओर्लिने यानलाइ ऑर्बिटरबाट बेग्लै गरी चन्द्रमामा अवतरणका लागि अघि बढाउनु पर्ने ।
चंद्रयान-२ को पृथ्वीबाट प्रक्षेपण गरेपश्चात् हिजो १ सेप्टेम्बरसम्म इसरोका वैज्ञानिकले चंद्रयानमा जे जे परिवर्तन र गतिविधि गरे त्यों इसरोका वैज्ञानिकहरुको लागि पूर्वमा अनुभव संगालेको विषय थियो । २००८ मा पहिलो पटकको चंद्र अभियानमा इसरोले यी सबै गतिविधि संपन्न गरेर अनुभव प्राप्त गरीसकेको थियो ।
चंद्रयान -२ लाइ इसरोले १ सेप्टेम्बरमा चन्द्रमाको ११९*१२७ किमी तल्लो चंद्र ऑर्बिटमा स्थापित गर्यो ।यस अघि ३० अगस्त ,२८ अगस्त ,२१ अगस्तमा चंद्रयानलाई पटक पटक गरी इसरोका वैज्ञानिकले झन झन तल्लो चंद्र ऑर्बिटमा स्थापित गराउँदै गएका थिए । त्यों भन्दा पहिला पृथ्वीछाडेर चन्द्रमातिर उड़दै गईरहेको चंद्रयानको गति कम गराएर यसलाई चन्द्रमाको ऑर्बिटमा प्रवेश गराउनु र यस अघिका तमाम गतिविधि र तमाम अप्रेसनबारे इसरोसंग चंद्र अभियान -१ कै अनुभव थियो ।
स्मरणीय छ २००८ मा इसरोले गरेको पहिलो चंद्र अभियानको उद्देश्य चन्द्रमामा ओर्लिनु न भएर चन्द्रऑर्बिटसम्म पुग्नु मात्रै रहेको थियो । इसरोको चंद्र अभियान एकमा चंद्रयान चन्द्रमाको तल्लो ऑर्बिटसम्मा पुग्यो ,त्यही रहेर यसले आफ्ना गतिविधि गर्यो । यस अभियान को लक्ष्य चन्द्रमाको धरातल स्पर्श गर्नु थिएन । तर आफ्नो दोस्रो अभियानमा इसरोले चंद्र अवतरण गर्ने ठूलो महत्वाकांक्षा बोकेको छ ।
चन्द्रमामा 'सॉफ्ट ल्यान्डिंग' गर्नु जटिल कार्य हो । अहिलेसम्म विश्वका तीन देशले मात्रै यो सफल रूपमा गर्न सकेका छन। रूस, अमेरिका र चीन बाहेक कुनै अन्य देशले चन्द्रमामा ओर्लिने सफलता पाएका छैनन ।२०१९ को प्रारंभमा इस्रायलले यो प्रयास गरे पनि अंतिमका पांच मिनटमा उसको प्रयास असफल हुन पुगेको थियो ।
इसरोका चेयरमैन के सिवनका अनुसार २ सेप्टेम्बरको अप्रेसन यस मिसनको पहिलो सबैभन्दा ठूलो चुनौती हो । ऑर्बिटर र ल्याण्डरको 'सेप्रेसन' गर्नु इसरोका लागि पहिलो घटना हुन गईरहेका छ । यो 'सेप्रेसन' अत्यंत वेगले उडीरहेको ऑर्बिटरबाट गर्नुछ । यो झन्डै झण्डै त्यस्तै प्रक्रिया हो जुन कृतिम उपग्रहलाइ 'लांचर रॉकेट'बाट बेग्लै गर्दा गर्नुपर्ने हुन्छ । यसलाई सामान्य भाषामा यसरी बुझ्न सकिन्छ - अहिले चंद्रयान -२ मा २वटा यान 'इंट्रीग्रेटेड' छन,आजको हाम्रो काम 'इंट्रीग्रेटेड' रहेका दुबै यानलाई बेगला बेग्लै गर्नु हो । 'इंट्रीग्रेटेड' रहेका दुबै 'स्पेसक्राफ्ट' लाइ हामी पृथ्वीबाट 'कमांड' पठाउछौ , 'कमांड' पाएर 'इंट्रीग्रेटेड यान' को 'ऑनबोर्ड सिस्टम' ले यसलाई ''एग्जिक्यूट' गरेर ऑर्बिटरबाट ल्याण्डरलाइ 'सेप्रेट' गर्छ ।
यसपछि हाम्रो काम झनै बढ्छ । अहिलेसम्म हामी एउटै यानलाइ नियंत्रित गरीरहेका थियो ,'सेप्रेसन' पश्चात् हामीले २ वटै यानलाई 'कंट्रोल' गर्नुपर्ने हुन्छ । ऑर्बिटरलाई चंद्र ऑर्बिट मै नियंत्रित र संचालित गरिन्छ र ल्याण्डरलाइ २-३ पटकको अर्को आप्रेसन गर्दै चन्द्रमामा 'ल्याण्ड' गराइन्छ।
के सिवनका अनुसार ऑर्बिटरले अर्को एक वर्षसम्म ऑर्बिट मै रही हामीलाई सन्देश पठाई रहने छ ।ल्याण्डरले ७ सेप्टेम्बरमा निर्धारित कार्यक्रम अनुसार चन्द्रमामा ल्याण्ड गर्ने छ ।ल्याण्डर र यसभित्र रहेको रोभर प्रज्ञानले १४ दिन सम्म अर्थात २१ सेप्टेम्बरसम्म काम गर्ने छ।
सिवन ले भने - इसरोले पहिलोपटक ३८४००० किमी टाढा रहेको' इंट्रीग्रेटेड यान'लाइ 'सेप्रेट' गर्न गईरहेका छ ।कुनै पनि नौलौ काममा उत्तेजना हुनु ,नर्भस हुनु, बिभिन्न आशंका हुनु र एक किसिमको डर लाग्नु स्वाभाविक हो । तर यी सबै किसिमका मन मुटु कम्पित गराउने भय र उत्तेजनाका बीच हाम्रा वैज्ञानिक गंभीरतापूर्वक उत्साह र आफ्नो दक्षतामा विश्वास राखेर आजको 'अप्रेसन' सफल हुनेमा पूर्णरूपेण आश्वस्त छन ।
आजको 'सेप्रेसन' पछि ७ सेप्टेम्बरको 'ल्यान्डिंग समय' हाम्रो लागि मिसन कै सबै भन्दा ठूलो चुनौतीका रूपमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता
-
गजेन्द्रनारायण सिंहको विचार र कार्यदिशा अहिले कसले बोकेको छ ?