प्रमुख कार्यकारी अधिकृत दक्षिण कोरिया प्रस्थान
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कोरिया प्रस्थान गरेका हुन् ।
भदौ १७ र १८ गते हुने विश्व सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सहरी क्षेत्रको पुनर्निर्माणका सम्बन्धमा प्रस्तुति गर्नेछन्। प्रस्तुति मूलभूत रुपमा काठमाडौं उपत्यकाभित्रका सम्पदा बस्तीहरुको गुरुयोजना, कार्यान्वयन मोडालिटी र वित्तीय आवश्यकतामा केन्द्रित हुनेछ ।
सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुले सहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन् ।
सरकारले काठमाडौं उपत्यका भित्रका साँखु, बुङमती र खोकना सहितका ६ वटा बस्तीहरुलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी पुनर्निर्माण प्राधिकरणमार्फत वृहत्तर गुरुयोजना तयार पार्दैछ । ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनर्निर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही ३ लाख रुपैयाँका अतिरिक्त थप ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा ६० वटा परम्परागत बस्तीहरु पहिचान गरिएको छ ।
शहरी योजनाका विज्ञ समेत रहेका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेखित सम्पदा बस्तीसँग जोडिएका क्षेत्रमा हुन लागेको नयाँ सहर विस्तारबारे पनि प्रस्तुति गर्नेछन् ।
यसका अतिरिक्त सम्पदा बस्तीहरुको गुरुयोजना तयारी तथा कार्यान्वयनमा आवश्यक पर्ने लगानी जुटाउने सम्बन्धमा समेत छलफल हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्याण्ड, मिनिस्ट्री अफ फरेन अफेयर्सको सहयोगमा इन्टरनेशनल कन्ट्रयाक्टर एशोसियसन कोरियाले कार्यक्रम आयोजना गरेको हो ।
ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेललगायत छन् ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म