शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाडामा ईको–स्पोर्ट थन्डर, यस्तो छ विशेषता (भिडियोसहित )

सोमबार, १६ भदौ २०७६, ११ : ११
सोमबार, १६ भदौ २०७६

काठमाडौं । फोर्डले यस वर्षको नाडा अटो सोमा ईको–स्पोर्ट थन्डरलाई उतारेको छ । फोर्ड मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जिओ फोर्डले इकोस्पोर्टको थन्डर इडिसनलाई नाडाको अवसरमा नेपाल भित्र्याएको हो । थन्डर नयाँ मोडलको एसयूमि कार हो ।

१५ सय सीसी इन्जिन क्षमतामा उपलब्ध ईको–स्पोर्ट थन्डर आकर्षक र मनमोहक देखिन्छ । सब–कम्प्याक्ट सेग्मेन्टमा बजारमा कडा प्रतिस्पर्धा भएसँगै आफ्नो बजारलाई कायम राख्न फोर्डले इको–स्पोर्टको थन्डर संस्करण ल्याएको हो । नयाँ इको–स्पोर्टमा इन्टेरियर तथा एक्सटेरियरमा केही परिमार्जन गरिएको छ । 

न्यू थन्डरमा इलेक्ट्रिक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रुमेन्ट क्लस्टर, अलोय ह्वील लगायत परिवर्तन भएको छ । ९ इन्चको फ्लोटिङ टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम नयाँ इकोस्पोर्टमा रहेको छ । 

थन्डर पेट्रोल डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध गराइएको छ । १.५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध थन्डरले १२३ पीएसको अधिकतम पावर र १५० एनएमको उच्च टर्क प्रदान गर्दछ भने, १.५ लिटर टीडीसीआई डिजेल इन्जिनले १०० पीएस पावर र २ सय ५ एनएम टर्क प्रदान गर्छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।

५ सिट क्षेमताको थन्डरले अधिकतम २३ किलोमिटर सम्मको माईलेज दिने कम्पनीको दाबी छ । 

हाल न्यू इकोस्पोर्ट थन्डरको बजार मूल्य ४७ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप