बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र थाइल्यान्डमा हुँदा पारस पुगे कुमारी कहाँ आशीर्वाद लिन

सोमबार, १६ भदौ २०७६, १० : १२
सोमबार, १६ भदौ २०७६

काठमाडौँ । शाहवंशीय परम्परालाई निरन्तरता दिँदै पूर्वयुवराज पारस शाहले कुमारीको टीका आशीर्वाद ग्रहण गरेका छन् ।

राजपरिवारले कुमारी पुज्ने इतिहास निरन्तर राख्न पारस आइतबार बसन्तपुर पुगेका हुन् ।

२६२ वर्ष अघि, आजकै दिन, कुमारी घर रहेकै स्थानमा, राजा जयप्रकाश मल्लले कुमारी स्थापना गरेर देवी पुज्ने कार्य स्थापना गरेका थिए । यसो गर्दा मल्ल राजा जयप्रकाशको शासन १२ वर्ष चल्छ भन्ने वाणी अनुसार राजपरिवारबाट कुमारी पुज्ने प्रथा आरम्भ भएको हो ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि, कुमारीबाट टीका थापेर शासनको थालनी गरेका थिए । मल्ल कालमा आरम्भ भएको परम्परा शाह वंशबाट पनि यसरी निरन्तर राखिएको इतिहास छ ।

पारसको आगमनसँगै समर्थकहरुले युवराजाधिराज पारस जिन्दावाद, राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, मेचीकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ भनेर नारावाजी गरेका थिए ।

सोही अवसरमा पारसले बसन्तपुरस्थित तलेजु भवानी, गणेश, गोरखनाथ र भैरवहरुको मन्दिरमा समेत पूजा अर्चना गरेका थिए । पारस पैदल हिँड्दै गर्दा प्रशंसकहरुको भीडले उनलाई घेरेको थियो, पछ्याएको थियो ।

पूजाको क्रममा स्थानीय गुठियार, नेवार समुदाय र युवाहरुको उल्लेख्य उपस्थिति थियो । बसन्तपुर डबलीमा पारसले दुई घण्टाभन्दा अधिक समय बिताएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले थाइल्याण्ड भ्रमणको सिलसिलामा रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप