केन्द्रीय संस्करण
दृष्टिकोण

धरतीका नयाँ फूलहरु

person explore access_timeभदौ १६, २०७६ chat_bubble_outline0

 

मोहनविक्रम सिंह

एक

बालबालिका धरतीका नयाँ फूलहरू हुन् । उनीहरूका कारणले नै धर्ती फुलेको देखिन्छ । संसार बगैँचा जस्तो र अत्यन्त सुन्दर देखिन्छ । बालबालिकाहरूका कारणले नै प्रत्येक घर रमाइलो र सुन्दर देखिन्छ ।

माथि जे लेखियो, त्यो कुरा वर्तमानबारे मात्र सत्य होइन । बालबालिकाभित्र एउटा असीम र अद्भूत शक्ति हुन्छ । आज सामान्य जस्तो देखिने, कुना–कुनामा चकचक गरेर परिवारलाई सताउने, एउटा चकलेट पाएर खुसी हुने, साना–साना कुराका लागि आपसमा झगडा गर्ने बालबालिकाहरूमा साँच्चिकै असाधारण शक्ति हुन्छ । त्यो शक्ति पूरै प्रकट भयो भने संसारमा ठूलो परिवर्तन हुनेछ । संसारको अद्भूत विकास हुनेछ । संसार साँच्चिकै सुखी, सम्पन्न र सुन्दर हुनेछ । सारा संसार नै एउटा रमणीय, सुगन्धित र सुन्दर फूलबारी बन्नेछ ।


सानासाना झोलाहरूमा पुस्तक र कापीको भारी बोकेर स्कुलतिर गइरहेका र त्यहाँबाट फर्किने बाल–बालिकाहरूको हुलमा वास्तवमा पूरै समाज, देश र संसारको भविष्य हिँडिरहेको हुन्छ भने पनि फरक हुँदैन । त्यो भविष्य कस्तो होला ? कस्तो हुनेछ ? अहिले हामीले कल्पना गर्न सक्दैनौँ ।


सानासाना झोलाहरूमा पुस्तक र कापीको भारी बोकेर स्कुलतिर गइरहेका र त्यहाँबाट फर्किने बाल–बालिकाहरूको हुलमा वास्तवमा पूरै समाज, देश र संसारको भविष्य हिँडिरहेको हुन्छ भने पनि फरक हुँदैन । त्यो भविष्य कस्तो होला ? कस्तो हुनेछ ? अहिले हामीले कल्पना गर्न सक्दैनौँ । सायद हामीले त्यसलाई देख्न पनि सक्दैनौँ । जब त्यसले साकार र मूर्तरूप लिने छ, त्यो बेलासम्म हामीहरू यो धर्तीमा रहने छैनौँ । तैपनि त्यो भविष्य आउने छ ।

प्रत्येक पिढीमा त्यस्तो भइरहन्छ । नयाँनयाँ कोपिलाहरू जन्मन्छन् । उनीहरूले आफ्ना साथमा नयाँनयाँ भविष्य ल्याउँछन् । संसारमा एउटा नयाँ चित्र कोरिन्छ । केही समयपछि उनीहरू जान्छन् । फेरि नयाँ पिढी आउँछ । उनीहरूले आफ्नो साथमा नयाँ भविष्य ल्याउँछन् । समाजको स्वरूप बदलिन्छ । प्रत्येक पिढीमा समाजको स्वरूप बदलिन्छ । संसारले नयाँ चरणमा प्रवेश गर्दछ । त्यो क्रम शताब्दियौँदेखि चल्दै आएको छ र भविष्यमा पनि अनन्तसम्म चलिरहने छ । हामीले नयाँनयाँ पिढीमा अन्तर्निहित शक्ति प्रकट भएर संसारमा परिवर्तन भएको कुरा सधैँ देख्न सक्दैनौँ । त्यो महसुस गर्न हामीलाई गाह्रो हुन्छ । तर कुनै नदीको पानीमा लगातार परिवर्तन भएजस्तो । बाहिरबाट हेर्दा हामीले सधैँ एउटै पानी देखे पनि त्यहाँ सधैँ नयाँनयाँ पानी बगेर आए जस्तै संसार स्थिर छ तर त्यो स्थिरतामा परिवर्तन पनि अन्तरनिहित छ ।

कुनैबेला हामी पनि बालक बालिका थियौँ । भविष्यका सबै बालक बालिका, अहिले हाम्रा अगाडि भएका बालबालिकाहरूबारे सोचौँ । अहिले हामीले उनीहरूबारे नै सोच्न सक्छौँ र उनीहरूबारे मात्र सोच्नु राम्रो हुनेछ । भविष्य हाम्रा अगाडि आउँछ र प्रत्येक पिढीमा आउँछ । तर बालक बालिकाहरूले ल्याउने भविष्यमा एकरूपता हुन्न । प्रत्येक बालबालिकाले बेग्लाबेग्लै प्रकारले भविष्यको निर्माण गर्दछन् । प्रत्येक बालबालिका निश्चित रूपले भविष्यतिर बढ्छन् । तर उनीहरू एकै प्रकारले बढ्दैनन् । उनीहरूका बाटा बेग्लाबेग्लै हुन्छन् । तर जुनसुकै रूपमा भए पनि उनीहरू भविष्यतिर बढ्छन् । बगैँचामा फुल्ने प्रत्येक कोपिलाले फूल फुल्न पाउँदैनन् । कैयौँ कोपिलाहरू बीचैमा झर्दछन् । त्यसका कारण बेग्लाबेग्लै हुन सक्छन् । त्यही प्रकारले सबै बालकले आफ्नो पूरै काल बाँच्न पाउँदैनन् । उनीहरूभित्र भएको असीम सम्भावना प्रकट हुन नपाईकन बीचैमा बिलाएर जान्छन् । तर मानवजातिको गति बन्द हुन्न । नयाँनयाँ कोपिलाहरू जन्मिरहन्छन् । उनीहरू फुल्छन् । उनीहरू भविष्यतिर बढ्दछन् । जीवनको प्रवाह चलिरहन्छ । जीवन अगाडि बढिरहन्छ ।


बगै‌ंचामा फुल्ने प्रत्येक फूलमा सामान्यतः एक प्रकारको विशेषता हुन्छ । बगैँचामा कुनै एक प्रकारको फूलको जातिका फूल रूप वा सौन्दर्य सामान्यतः एक प्रकारले हुन्छ । मानव समाजमा, फुल्ने फूलहरूमा यस्तो हुन्न । उनीहरू बेग्लाबेग्लै प्रकारले फुल्दछन् ।


बालबालिकाहरू एक्लै अगाडि बढ्न सक्दैनन् । उनीहरूलाई परिवारको मद्दत चाहिन्छ । समाजको मद्दत चाहिन्छ । उनीहरू भविष्यमा कस्ता बन्नेछन् ? उनीहरूले कुन प्रकारको जीवन बिताउने छन् वा समाजमा उनीहरूले कुन प्रकारको योगदान दिनेछन् ? त्यो कुरा उनीहरूले मात्र फैसला गर्दैनन् । जुन परिवार वा समाजमा, जुन सामाजिक वातावरणमा उनीहरू हुर्कन्छन् तिनीहरू अरू धेरै कुराहरूले उनीहरूको जीवनको दिशा, उनीहरूको भविष्यको गति र स्वरूपलाई निर्धारित गर्दछन् । निश्चय नै, काफी हदसम्म, सम्पूर्ण रूपले होइन । उनीहरूभित्र अन्तर्निहित क्षमता, विशेषता वा प्रतिभाले पनि उनीहरूको जीवनको दिशामा वा भविष्यमा नयाँनयाँ आयामहरू थप्दछन् । बगै‌ंचामा फुल्ने प्रत्येक फूलमा सामान्यतः एक प्रकारको विशेषता हुन्छ । बगैँचामा कुनै एक प्रकारको फूलको जातिका फूल रूप वा सौन्दर्य सामान्यतः एक प्रकारले हुन्छ । मानव समाजमा, फुल्ने फूलहरूमा यस्तो हुन्न । उनीहरू बेग्लाबेग्लै प्रकारले फुल्दछन् ।

एउटै घरमा एउटै आमा बाबुबाट जन्मने सन्तानहरू बेग्लाबेग्लै रूपमा देखा पर्न सक्छन् । बालबालिकाहरू बगैँचामा फुल्ने फूलमाभन्दा बेग्लै प्रकारले फुल्ने गर्दछन् । उनीहरूमा स्वयं आफूभित्रको चेतना, विचार वा विवेकका आधारमा बाल बालिकाहरूले आफ्ना लागि जीवनका बेग्लाबेग्लै दिशाहरू निर्धारित गर्न सक्दछन् । निश्चय नै, त्यसो गर्नका लागि उनीहरू पूरै सक्षम हुन्नन् । पूरै स्वतन्त्र हुन्नन् । परिवार, समाज वा, संसारको सम्पूर्ण परिस्थितिको सीमाभित्र रहेर नै उनीहरू अगाडि बढ्न सक्छन् । एकैसाथ उनीहरूले आफ्नो जीवनको दिशा निर्धारित गर्ने आन्तरिक क्षमता पनि राख्दछन् तर अर्कातिर त्यो आन्तरिक क्षमता समाजको परिस्थितिद्वारा पनि निर्धारित हुन्छ । त्यसरी उनीहरूको स्वतन्त्रता र नियन्त्रण दुवै एक अर्कासित सम्बन्धित हुन्छन् । दुवैले एकअर्कालाई नियन्त्रित गर्दछन् । दुवैका बीचमा सम्बन्ध हुन्छ । त्यसका साथै तिनीहरूका बीचमा अन्तर्विरोध पनि हुन्छ र ती दुवैका बीचमा सन्तुलन पनि हुन्छ ।


आज संसारमा हेर्यौँ भने कैयौँ अवाञ्छित तत्वहरू पाइन्छन् । चोर, डाका, तस्कर, आवारा, ठग वा अरू धेरै प्रकारका अपराधीहरू । कैयौँले शोषण गरिरहेका हुन्छन् भने कैयौँले ठूलो पैमानामा भ्रष्टाचार गरिरहेका छन् । ती सबै कुनै बेला बालबालिकाहरू नै थिए । पहिला सामान्य र निर्दोष जस्ता देखिने बालबालिकाहरू कसरी त्यो रूपमा बदलिए ?


बालबालिकाको बलियो उमेरमा उनीहरूले जीवनमा कुन दिशा लिने ? उनीहरूको भविष्य कुन प्रकारको हुनेछ ? त्यो कुराको जिम्मेवारी अभिभावकमा नै हुन्छ । कुनै बालबालिकामा कुन प्रकारको स्कुलमा भर्ना हुन्छ वा हुन्न ? उनीहरूको पालन पोषण कसरी हुन्छ ? घरमा कुन प्रकारको शिक्षा–दीक्षा हुन्छ ? यी सबै कुरा अभिभावकमाथि निर्भर गर्छ । तर कुनै बालकको उमेर जतिजति छिप्पिँदै जान्छ, उसले आफ्नो विषयमा स्वतन्त्र प्रकारले फैसला गर्दै जान्छ । तैपनि त्यो अवसरमा पनि उनीहरू समाजको असरबाट पूरै अलग र स्वतन्त्र हुन्नन् । त्यस अवस्थामा पनि बालबालिकाप्रति अभिभावकहरूमाथि बढी जिम्मेवारी हुन्छ । बाबुआमा, शिक्षक आदि सबैले यो बुझ्नुपर्छ, प्रत्येक बालबालिकाको आफ्नो भविष्य हुन्छ । युवकहरू कुन प्रकारको दिशामा अगाडि बढ्न सक्छन् ? सधैँ बाबुआमाहरूले त्यो कुराको दिशा निर्देशन वा नियन्त्रण गर्न सक्दैनन् । कैयौँ बालकले ठूलो भएपछि कैयौँ प्रकारका गलत दिशा पनि समातेका हुन्छन् । सबै राम्रा मात्र बन्दैनन् । कैयौँ बालबालिका ठूलो भएपछि नराम्रा पनि भएका हुन्छन् । आज संसारमा हेर्यौँ भने कैयौँ अवाञ्छित तत्वहरू पाइन्छन् । चोर, डाका, तस्कर, आवारा, ठग वा अरू धेरै प्रकारका अपराधीहरू । कैयौँले शोषण गरिरहेका हुन्छन् भने कैयौँले ठूलो पैमानामा भ्रष्टाचार गरिरहेका छन् । ती सबै कुनै बेला बालबालिकाहरू नै थिए । पहिला सामान्य र निर्दोष जस्ता देखिने बालबालिकाहरू कसरी त्यो रूपमा बदलिए ? त्यसले यो बताउँछ, आजका बालबालिका भविष्यमा बेग्लाबेग्लै प्रकारको अवाञ्छित तत्व वा अपराधीहरू पनि बन्न सक्दछन् । त्यो सम्भावनालाई रोक्नका लागि कुनै बालबालिका सानो भएको बेलादेखि नै राम्रो बनाउने हाम्रो प्रयत्न हुनुपर्दछ । सर्वप्रथम हामीले बालबालिकामा परिवार, समाज वा देशप्रतिको सेवाको भावना पैदा गर्ने प्रयत्न गर्नुपर्दछ ।

कैयौँ मानिसहरूले उमेर पुगेपछि शिक्षित भएपछि समाज वा देशको कुनै वास्ता नगरेर व्यक्तिगत जीवन, आफ्नो स्वार्थ वा आफ्नो करिएरबारे नै बढी चिन्ता गरेको पाइन्छ । त्यही प्रकारको प्रवृत्तिका कारणले कैयौँ मानिसहरूले आफ्ना आमा–बाउको पनि बेवास्ता गर्दछन् । उनीहरूलाई दुःख र पीडासम्म दिने गर्दछन् । व्यक्तिगत फाइदाका लागि समाजलाई नोक्सान पु¥याउने प्रयत्न गर्दछन् । उनीहरूलाई ठग्ने काम पनि गर्दछन् । भ्रष्टाचार गर्दछन् । विभिन्न प्रकारका अपराधहरूमा संलग्न हुन्छन् । देशको हितमा पनि कुठाराघात गर्न तयार हुन्छन् । त्यस्तो हुन नदिन हामीले सानैदेखि बालबालिकाहरूमा परिवार, समाज वा देशप्रतिको दायित्व वा सेवा भाव विकसित गर्ने प्रयत्न गर्नुपर्दछ ।

हामीले बालबालिकालाई यो कुराको ज्ञान गराउने प्रयत्न गर्नुपर्दछ कि उनीहरूको शारीरिक, बौद्धिक वा मानसिक रूपमा जेजति विकास भएको छ, त्यसका पछाडि परिवार, समाज वा देशको ठूलो योगदान छ । त्यसको अभावमा उनीहरूको जेजति विकास भएको छ, त्यो हुन सक्दैनथ्यो । त्यस सन्दर्भमा अर्को कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कुनै परिवार, समाज वा देशले कुनै बालबालिकाको हितमा कति मद्दत पुर्‍याउन सक्छ ? त्यो कुरा पनि समाज वा देशको कति विकास भएको छ ? त्यसमाथि निर्भर गर्दछ । त्यसैले कुनै व्यक्तिको सम्पन्नता र सुख–समृद्धिका लागि कुनै समाज वा देशको विकास हुनुपर्छ । त्यसैले आफ्नो देश वा समाजको विकासका लागि हामीले प्रयत्न गर्नुपर्दछ । किनभने हाम्रो व्यक्तिगत स्वार्थ वा हाम्रो सन्तानहरूको हित देश र समाजको विकासमाथि आधारित हुन्छ ।

हामीले अहिलेसम्मको इतिहासलाई नै हेरौँ । इतिहासका बेग्लाबेग्लै खण्डमा व्यक्तिहरूले खाली आफ्नो व्यक्तित्व वा पारिवारिक स्वार्थमा मात्र ध्यान दिने गरेको भए आज हाम्रो जेजति विकास भएको छ, त्यति हुने थिएन । अहिलेको हाम्रो देश वा समाज धेरै पिछडिएको अवस्थामा हुन्थ्यो । विश्वको वर्तमान स्थितिमाथि विचार गर्ने हो भने पनि प्रष्ट हुन्छ, हाम्रो समाज वा देश अहिले पनि धेरै पिछडिएको अवस्थामा छ । यसमा अरू विकास गर्नुपर्ने आवश्यकता छ । तर सबै मानिसहरूले खालि आफ्नो व्यक्तिगत वा परिवारका स्वार्थहरूका लागि मात्र ध्यान दिने हो भने देश र समाजको विकास हुन सक्ने छैन । यी सबै कुराहरूमाथि ध्यान दिँदा बालबालिकाहरूमा देश र समाजको विकासप्रति दायित्व हुने गर्दछ र त्यसको लागि उनीहरूले पनि प्रयत्न गर्नुपर्दछ भन्ने चेतना दिनुपर्दछ । ठूलो भएपछि के बन्ने ? भन्ने प्रश्न गरेपछि कैयौँ बालबालिका वा विद्यार्थीले प्रायः यो जबाफ दिने गर्दछन् ः डाक्टर, इन्जिनियर, पाइलट आदि । ती मानिसहरू समाजका गन्यमान्य, सम्पन्न वा प्रतिष्ठित व्यक्तिहरू हुन् । त्यसकारण आम रूपमा बालबालिकाहरूले उनीहरूलाई नै आफ्नो जीवनको आदर्श भविष्यको रूपमा मान्छन् । डाक्टर, इन्जिनियर बन्नु गलत होइन । कसैको उद्देश्य त्यहीँसम्म सीमित रहनु सही हुन्न ।


एउटा शिक्षाविद्ले कुराकानीमा बताएका थिए : सरकार वा शिक्षा संस्थाहरूले ठूलो पैमानामा लगानी गरेर जुन शिक्षित समुदायहरू उत्पादन गर्दछन् । तिनीहरूमध्ये ठूलो सङ्ख्याले विदेशमा पलायन गर्दछन् र तिनीहरूबाट देशले कुनै फाइदा लिन पाउँदैन । त्यसरी देशबाट पलायन गरेर विदेशमा बसोबास गर्नुलाई उनीहरूले आफ्नो जीवनको ठूलो सफलता ठान्छन् ।


समाजमा थुप्रै व्यक्तिहरू डाक्टर, इन्जिनियर, ठूला अफिसर आदि बनेका हुन्छन् । उनीहरू सबैले त नभनौँ, कैयौँले समाज वा देशको सेवा पनि आफ्नो उद्देश्य बनाएका हुन्छन् । तर धेरैजसोले आफ्नो जीवनको उद्देश्य पैसा, व्यक्तिगत लाभलाई नै बनाएका हुन्छन् । शिक्षित व्यक्तिहरूले उच्च पेसा, उच्च जीवनको आशा गर्छन् । त्यसलाई हामीले गलत मान्दैनौँ । तर त्यो अवस्थामा पनि देश, समाज वा जनताप्रतिको आफ्नो दायित्वलाई पूरै उपेक्षा गर्नु सही हुन्न, तर कतिपयले आफ्नो उच्च पेसा वा जीवनका लागि देश, जनता वा समाजलाई पूरै उपेक्षा गर्ने वा उनीहरूको हितमाथि कुठाराघात गर्ने गरेको पाइन्छ । डाक्टरहरूद्वारा बिरामीहरूका किड्नीहरू निकालेर पैसा कमाउने प्रयत्न, नक्कली औषधीहरूको व्यापार । इन्जिनियरहरूद्वारा कम गुणस्तरका सामानहरूको प्रयोग, अफिसरहरूद्वारा ठूलो पैमानामा भ्रष्टाचार, उच्च जीवनको ठूलो कमाइका लागि विदेशमा गएर बसोबास गर्ने देशलाई पूरै उपेक्षा गर्ने प्रवृत्ति आदि । एउटा शिक्षाविद्ले कुराकानीमा बताएका थिए : सरकार वा शिक्षा संस्थाहरूले ठूलो पैमानामा लगानी गरेर जुन शिक्षित समुदायहरू उत्पादन गर्दछन् । तिनीहरूमध्ये ठूलो सङ्ख्याले विदेशमा पलायन गर्दछन् र तिनीहरूबाट देशले कुनै फाइदा लिन पाउँदैन । त्यसरी देशबाट पलायन गरेर विदेशमा बसोबास गर्नुलाई उनीहरूले आफ्नो जीवनको ठूलो सफलता ठान्छन् ।

नेपालमा आमरूपमा छोराछोरीहरू ठूलो भएर शिक्षित भएपछि विदेश जान्छन् वा स्वदेशमा विवाह गरेपछि वा नोकरी गरेपछि बेग्लै बस्दछन् । अभिभावहरूको सन्तानहरू हुर्काउन वा शिक्षित बनाउन ठूलो भूमिका रहेको हुन्छ । जसले आफ्ना छोराछोरीहरूलाई असीम माया दिए, छोराछोरीका लागि कैयौँ दुःख कष्ट उठाए र आफ्ना सन्तानहरूको भविष्यबारे ठूलो सपनाहरू देखे, तिनै छोराछोरीहरूले वृद्धावस्थामा आफ्ना मातापितालाई एक्लै छाड्ने गर्दछन् । उनीहरूको कुनै वास्ता गर्दैनन् । शिक्षित व्यक्तिहरूले मात्र होइन, ग्रामीण क्षेत्रहरूमा पनि त्यो प्रवृत्ति पाइन्छ । कैयौँले आफ्नो बाबुआमाहरूलाई अपमान गर्ने मात्र होइन, नराम्ररी दुःख दिन्छन् वा पीडा पु¥याउँछन् । पशुपतिनाथ मन्दिर नजिकको वृद्धाश्रममा बसेका वृद्धाहरूको विलौना वा कथाहरू सुन्ने हो भने हाम्रो समाजको एउटा विकृत तस्बिर अगाडि आउँछ । हामीले केटाकेटीहरूलाई सानैदेखि यो चेतना दिने प्रयत्न गर्नुपर्दछ, आफ्ना बाबा आमाप्रति के कर्तव्य हुन्छ र हुनुपर्दछ ? त्यही क्रममा देश र समाजप्रतिको उनीहरूको दायित्व के हुनुपर्छ ? त्यो कुराको पनि चेतना दिने प्रयत्न गर्नुपर्दछ ।

मानिसहरूले यो सोच्ने गर्दछन्, आजका बालबालिकाहरू भविष्यका कर्णधार वा देशको भाग्य विधाता हुन् । उनीहरू जब ठूला बन्नेछन् वा उनीहरू शिक्षित बनेपछि देशको विकास हुनेछ । तर उनीहरू मध्ये कैयौँले व्यक्तिगत स्वार्थ वा व्यक्तिगत क्यारिएर उनीहरूको जीवनको मुख्य पक्ष भएपछि देश वा जनताको विकासमा कुनै योगदान दिने गर्दैनन् । त्यसको सट्टा देश र समाजको हितमा कुठाराघात गर्न पनि उनीहरू हिचकिचाउँदैनन् । कैयौँ उच्च अधिकृत सरकारी कर्मचारीहरूले राष्ट्रिय सम्पत्तिको ठूलो पैमानामा दुरूपयोग गरेर वा भ्रष्टाचार गरेर जनसरोकार वा विकाससित सम्बन्धित कार्यहरूमा गम्भीर प्रकारको क्षति पुर्याउँछन् । कैयौँ राजनीतिक नेता, मन्त्री वा प्रधानमन्त्रीहरूले समेत केही करोड वा अरब रूपैयाँको आयका लागि विदेशी सरकारका कम्पनीहरूसित राष्ट्रिय हितमा कुठाराघात पुग्ने कैयौँ सन्धि, सम्झौताहरू गर्दछन् । यहाँ यो कुरालाई हामीले भुल्न हुँदैन, कुनै समयमा ती सबै व्यक्तिहरू बालबालिका वा विद्यार्थीहरू थिए, जसबारे यो आशा गर्ने गरिन्थ्यो कि ठूलो भएपछि उनीहरू देशको कर्णधार बन्ने छन् वा देशको उज्ज्वल भविष्य उनीहरूको मुट्ठीमा छ । तर परिणाम उल्टो भयो । त्यो सामान्य कुरा होइन । आखिर त्यस्तो किन हुन्छ ? त्यसको मुख्य कारण हो, देश, समाज वा जनताको हितभन्दा व्यक्तिगत स्वार्थ वा करियरलाई प्राथमिकतामा राख्ने प्रवृत्ति । आजका बालबालिकाको भविष्यमा त्यस प्रकारको पतन हुन नपाओस् भन्नका लागि हामीले सानैदेखि उनीहरूमा आफ्नो परिवार, देश, समाज वा जनताप्रतिको सामाजिक दायित्व वा सेवाभावको चेतनाको विकासका लागि प्रयत्न गर्नुपर्दछ । अनि मात्र आजका बालक बालिकाको भविष्यका कर्णधार, भविष्यको भाग्य विधाता बन्न सक्नेछन् । त्यसमाथि नै आजको एउटा पिछडिएको देश, संसारको उन्नत देश बन्न सक्नेछ । जनताको जीवनको अवस्था बदलिन सक्नेछ । उनीहरूको जीवन सुखी र सुन्दर बन्न सक्ने छ ।


प्रायः अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई स्कुलमा हालिदिएपछि अझ उच्च प्रकारका स्कुलहरूमा हालिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । तर त्यतिले मात्र पुग्दैन । उनीहरूको चिन्तन र दृष्टिकोणलाई पनि उच्च र विकसित पार्ने प्रयत्न गर्नुपर्दछ । शिक्षा प्राप्त गरेपछि उनीहरू परिवार, देश, समाज वा जनताप्रतिको कर्तव्यविमुख नहुन् । त्यतातिर पनि हाम्रो ध्यान जानुपर्दछ ।


प्रायः अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई स्कुलमा हालिदिएपछि अझ उच्च प्रकारका स्कुलहरूमा हालिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । तर त्यतिले मात्र पुग्दैन । उनीहरूको चिन्तन र दृष्टिकोणलाई पनि उच्च र विकसित पार्ने प्रयत्न गर्नुपर्दछ । शिक्षा प्राप्त गरेपछि उनीहरू परिवार, देश, समाज वा जनताप्रतिको कर्तव्यविमुख नहुन् । त्यतातिर पनि हाम्रो ध्यान जानुपर्दछ । यो आम रूपमा थाहा भएको कुरा हो कि हाम्रो देश गरिब छ । देशका धेरै भागहरूमा जनताको अवस्था अत्यन्त नराम्रो छ । देशका दुर्गम वा ग्रामीण क्षेत्रहरूको अवस्था अत्यन्त पिछडिएको छ । हाम्रो चिन्ता आफ्नो व्यक्तिगत अवस्थामा सुधार गर्ने मात्र होइन, देशको यो सम्पूर्ण अवस्थामा सुधार गर्ने हुनुपर्दछ । त्यो सुधार कसरी हुन्छ ? बालबालिका, विद्यार्थीहरूको त्यसतर्फ ध्यान जानुपर्ने आवश्यकता छ । हामीले उनीहरूलाई त्यो समस्याप्रति सचेत पार्ने प्रयत्न गर्नुपर्दछ ।

देशको कसरी सुधार हुन्छ ? त्यो कुरालाई ठीकसित बुझ्न देश किन पिछडिएको छ ? त्यो कुरा बुझ्नुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा सर्वप्रथम हामीले के बुझ्नु पर्दछ भने हाम्रो देशको विकासका लागि व्यापक सम्भावनाहरू छन् । हाम्रो देश संसारको एउटा अत्यन्त उन्नत र विकसित देश बन्न सक्दछ । कृषि, ऊर्जा, उद्योग, पर्यटन आदि विभिन्न क्षेत्रहरूमा विकासका लागि देशमा व्यापक सम्भावनाहरू छन् । हाम्रो देशमा सगरमाथासहित कैयौँ उच्च हिमशिखर र हिमालयको एउटा लामो शृङ्खला नै छ । हाम्रो देश पहाडहरूले भरिएको छ । वन, जङ्गल, नदी नाला आदिका कारणले हाम्रो देश प्राकृतिक दृष्टिले अत्यन्त सुन्दर र रमणीय छ । देशमा जातीय र सांस्कृतिक विविधताका दृष्टिले पनि धेरै नै धनी र सम्पन्न छ । त्यो अवस्थामा पर्यटकीय दृष्टिले मात्र पनि हाम्रो देश संसारको एउटा अत्यन्त विकसित देश बन्न सक्दछ । हाम्रो देश जलसम्पदाका दृष्टिले संसारको सबैभन्दा धनी देशमध्ये एउटा हो । त्यसको आधारमा सिंचाइ, कृषि, उद्योग, घरेलु उद्योग, पर्यटनको समेत धेरै नै विकास हुन सक्छ । हाम्रो देशमा कृषियोग्य जमिन प्रशस्त छ । कृषिको विकासको धेरै सम्भावना छ । हाम्रो देशमा वनजङ्गल छन् । त्यसका आधारमा एकातिर जडिबुटी उद्योग र अर्कातिर काष्ठ उद्योगको धेरै नै विकास हुन सक्दछ । हाम्रो देशमा खानीहरू धेरै पत्ता लागेका छैनन् । तर अनुसन्धान गर्ने हो भने ग्याँस, पेट्रोल, युरेनियम, फलाम, तामा आदि कैयौँ खानीहरू पत्ता लाग्न सक्दछन् । हाम्रो देशको श्रमशक्ति विश्वमा छरिएको छ ।

बाहिरबाट हेर्दा देश विकासमा अगाडि बढिरहेको जस्तो देखिन्छ । राजधानी र देशका ठूला सहरहरूमा बनेका भव्य भवनहरू, सडकमा दगुरिरहेका मोटरकारहरूको ताँती, ठूला पाँचतारे होटलहरूको विलासी जीवनशैली, ठूलाठूला अन्तर्राष्ट्रिय स्तरका बोर्डिङ स्कुलहरू, अन्तर्राष्ट्रिय स्तरका अस्पतालहरू, कैयौँ नयाँ खुल्दै गइरहेका उद्योगहरू, कैयौँ ठूलाठूला परियोजनाहरू– यी सबै हेर्दा देशमा धेरै नै विकास भइरहेको देखिन्छ । तर वास्तविक स्थिति त्यो होइन, जो बाहिरी र उपरी रूपमा देखिन्छ । समग्र रूपमा देश धेरै नै पिछडिएको छ, गरिब छ । आखिर कुन कारणले देशको विकास र जनताको सुखी जीवनमा बाधा पुगेको छ ? त्यसको जानकारी प्राप्त गर्नुपर्ने र त्यसको निराकरण गर्नुपर्ने आवश्यकता छ । दिनदिनै सञ्चार माध्यमकहरूले करोडौँ, अरबौँ भ्रष्टाचार भएका समाचारहरू बाहिर ल्याउने गर्दछन् । प्रशासनयन्त्रमा व्यापक भ्रष्टाचार भएको पाइन्छ । राजनीतिक वृत्तमा पनि ठूलो पैमानामा भ्रष्टाचार छ । त्यसले गर्दा देशको राजस्वबाट उठेको रकम, विदेशीबाट प्राप्त सहायता वा ऋण, विभिन्न योजना, विकास कार्य, शिक्षा, स्वास्थ्य, जनकल्याणसित सम्बन्धित कार्यहरूमा लागानी हुने रकम समेतको ठूलो अंश भ्रष्टाचार हुने गर्दछ । विदेशी पुँजीको प्रभुत्वको कारणले पनि उद्योगधन्दाको विकास कुण्ठित हुन्छ ।


कुनै देशको विकास कति हुन्छ र हुन्न ? कुनै देशको राजनीतिक व्यवस्था, आर्थिक अवस्था, सरकार वा राजनीतिक नेतृत्वको स्वरूप कस्तो छ ? त्यसले निर्णयात्मक असर पार्दछ । त्यसैले देशमा विकासका लागि देशको राजनीतिक व्यवस्था, आर्थिक अवस्था सरकार वा राजनीतिक नेतृत्व, अर्काशब्दमा राजनीतिक दलहरूको प्रकृति कस्तो छ ? त्यसमाथि पनि ध्यान दिनुपर्दछ ।


कुनै देशको विकास कति हुन्छ र हुन्न ? कुनै देशको राजनीतिक व्यवस्था, आर्थिक अवस्था, सरकार वा राजनीतिक नेतृत्वको स्वरूप कस्तो छ ? त्यसले निर्णयात्मक असर पार्दछ । त्यसैले देशमा विकासका लागि देशको राजनीतिक व्यवस्था, आर्थिक अवस्था सरकार वा राजनीतिक नेतृत्व, अर्काशब्दमा राजनीतिक दलहरूको प्रकृति कस्तो छ ? त्यसमाथि पनि ध्यान दिनुपर्दछ । देशको विकासमा एक वा अर्को प्रकारले बाधा पुर्याउने राजनीतिक व्यवस्था, आर्थिक अवस्था, सरकार वा राजनीतिक नेतृत्वको विरोध गर्नुपर्दछ र त्यसमा सुधार वा आमूल परिवर्तनका लागि प्रयत्न गर्नुपर्दछ । देशको विकासमा मद्दत पुर्याउने व्यवस्था, सरकार वा राजनीतिक नेतृत्वलाई समर्थन गर्ने मात्र होइन, त्यसलाई बलियो पार्ने पनि प्रयत्न गर्नुपर्दछ । मानिसहरूमा र विद्यार्थीहरूमा आम रूपमा राजनीतिक सिद्धान्त वा राजनीतिक दलहरूबारे कुनै धारणा नराख्ने प्रवृत्ति पाइन्छ । त्यस प्रकारको सोचाइ राख्नुको अर्थ हो, देशको विकास वा पतनमा जुन तत्वहरूले सबैभन्दा बढी प्रभाव पार्दछन्, तिनीहरूप्रति उदासीन रहनु हो । आज जनता वा शिक्षित समुदायले पनि त्यसप्रकारको दृष्टिकोण अपनाएमा जुन तत्वहरूले देशको विकासमा प्रतिगामी नीति र कार्यक्रम अपनाउँछन्, उनीहरूलाई खुला छाडिदिनु हो ।


परिवर्तनका लागि त्यसरी प्रयत्न नगरिएको भए समाज आज पनि ढुङ्गे वा दास युगमा हुन्थ्यो । आज पनि दासदासीहरूको किनवेच वा उनीहरूमाथि बर्बर प्रकारका अन्याय र अत्याचार भइरहेका हुन्छन । महिलाहरूलाई जिउँदै जलाउने सती प्रथा कायम हुन्थ्यो । निरङ्कुस राणाशासन, पञ्चायती तानाशाही व्यवस्था वा राजतन्त्र रहिरहन्थे ।


विकासलाई हामीले सही सन्दर्भमा बुझ्नुपर्छ । प्राचीन कालदेखि नै वा जङ्गली, ढुङ्गे युग या दास युगदेखि समाजमा लगातार विकास हुँदै आएको छ । विकास किन र कसरी हुँदै आयो ? सबै कालमा त्यो बेलाको अवस्थालाई यथास्थितिमा राख्ने प्रयत्न गरिएको भए विकास हुने थिएन । तर विभिन्न युगहरूमा स्वतस्फुर्त रूपमा वा सचेत र सङ्गठित रूपले समाजमा परिवर्तनका लागि प्रयत्न हुँदै आयो । ठूला ठूला सङ्घर्षहरू भए । क्रान्तिकारी आन्दोलनहरू भए । त्यसैले समाजको विकास हुँदै आयो । परिवर्तनका लागि त्यसरी प्रयत्न नगरिएको भए समाज आज पनि ढुङ्गे वा दास युगमा हुन्थ्यो । आज पनि दासदासीहरूको किनवेच वा उनीहरूमाथि बर्बर प्रकारका अन्याय र अत्याचार भइरहेका हुन्छन । महिलाहरूलाई जिउँदै जलाउने सती प्रथा कायम हुन्थ्यो । निरङ्कुस राणाशासन, पञ्चायती तानाशाही व्यवस्था वा राजतन्त्र रहिरहन्थे । तर समाजको अवस्थामा परिवर्तन हुँदै आयो । त्यसका साथै परिवर्तनलाई रोक्न वा यथास्थितलाई कायम राख्ने प्रयत्नहरू पनि लगातार भइरहे । परिवर्तनका पक्षधरहरूमाथि दमन गर्ने र परिवर्तनका प्रक्रियालाई रोक्ने प्रयत्नहरू भइरहे । यदि त्यसप्रकारका दमनकारी प्रयत्नहरू सफल भएको भए समाजको विकासको गति अवरुद्ध हुन्थ्यो । अनि आज समाज कहाँ हुन्थ्यो ? तर परिवर्तनको प्रक्रिया बढ्दै गयो । सङ्घर्षहरू बढ्दै गए । हामीले सबै बालबालिकाहरूमा यो कुराको जानकारी गराउने प्रयत्न गर्नुपर्छ, समाजको विकासको प्रक्रियालाई अगाडि बढाउन त्यसमा बाधा हाल्ने व्यवस्था वा तत्वहरूका विरुद्ध सङ्घर्ष गर्दै जानुपर्दछ र त्यसरी परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन प्रयत्न गर्नुपर्दछ ।

गत दशकहरूमा समाजको धेरै विकास भएको कुरालाई अस्वीकार गर्न सकिन्न । इतिहासका प्रत्येक कालखण्डमा पहिलेको तुलनामा एक वा अर्को प्रकारले समाजको विकास केही न केही अगाडि बढेको हुन्छ । त्यही प्रकारले पहिलेका तुलनामा अहिले हाम्रो समाजको पनि केही न केही विकास भएको कुरा प्रष्ट छ । तर हामी खालि पहिलेको तुलनामा भएको विकासमा मात्र सन्तुष्ट हुनु हुन्न । विकासका लागि कुनै प्रयत्न नगरीकन वर्तमान व्यवस्थाभित्र आफ्नो लाभ वा क्यारिएरका लागि मात्र प्रयत्न गर्नु सही सोचाइ होइन । हाम्रो व्यक्तिगत लाभ वा हाम्रा सन्तानका लागि पनि समाजको विकास आवश्यक छ । समाजमा परिवर्तन, विकास स्वस्फूर्त रूपले भएर मात्र पुग्दैन । कुनै देशको विकास उच्च प्रकारको सिद्धान्त दूरदृष्टि वा चेतनाद्वारा निर्देशित हुनुपर्दछ । विकासका लागि वर्तमान अवस्थामा परिवर्तन गर्नुपर्दछ । जुन विचारहरूले वर्तमान अवस्थामा परिवर्तनमा जोड दिन्छन्, उनीहरूले नै परिवर्तन र विकासको प्रवाहलाई गति दिन सक्छन । त्यसकारण हामीले बालबालिका, विद्यार्थी वा नयाँ पिढीमा प्रगतिशील वा क्रान्तिकारी दर्शन, सिद्धान्त र विचारको चेतना दिन प्रयत्न गर्नुपर्दछ जसबाट उनीहरू समाजको परिवर्तन र विकासको दिशामा अग्रसर हुन सकून् ।

(क्रमशः)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...