बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, बुधबार उपचार पूरा हुने

सोमबार, १६ भदौ २०७६, ०६ : ४१
सोमबार, १६ भदौ २०७६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मिर्गौलासम्बन्धी एन्टिबडी उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै ट्वीट गरेका छन्। 

उनका अनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको छैठौं चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सोमबार हुने छ ।

बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने छ । 
प्रधानमन्त्री ओली स्वास्थ्य उपचार तथा थप परीक्षणका लागि भदौ ५ गते सिंगापुर गएका थिए । गोरखापत्रले खबर छापेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप