सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मिथिलामा चौरचन पर्वको चहलपहल

आइतबार, १५ भदौ २०७६, १९ : ४९
आइतबार, १५ भदौ २०७६

महोत्तरी - महोत्तरीसहितका  मिथिला क्षेत्रका मैथिल हिन्दू धर्मावलम्बी चौरचन (चौठी चान) पर्वको तयारीमा जुटेका छन् । भदौ शुक्लपक्षको चौथीका दिन मनाइने चौरचन पर्वका लागि सरदाम (सामग्री) जुटाउन मैथिल हिन्दूको व्यस्तता बढेको छ । 

यसपालि मिथिलामा सोमबार चौरचन पर्व मनाइँदै छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार ९पिरुकीया० र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलपूmल र वस्त्रआभूषण चढाइने परम्परा छ । 

मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिने यस पर्वको तयारीमा अहिले मैथिल (मिथिलाका बासिन्दा) आफ्नो सावगासअनुसार सामग्री जुटाउनमा लागेका छन् । 


नेपाली महिलाको महान पर्व हरितालिका तीज र चौरचन एकैदिन परेपछि जिल्लाका सबै हाटबजारमा चहलपहल ह्वात्तै बढेको छ । तीजको व्रत लिइने तृतीया तिथि आज नै शुरु भएर सोमबार बिहान १० बजेभित्रै सकिएर चौथी तिथि लाग्नाले तीजको एक दिनपछि पर्ने चौरचन यसपालि तीजकै दिन परेको हो ।

चौरचन पर्वमा चौथीका दिनको चन्द्रमाको पूजा आराधना गरिने हुनाले पर्व सोमबार नै मनाइने मिथिला पञ्चाङ्गमा उल्लेख रहेको मैथिल परम्पराको कर्मकाण्डका ज्ञाता बर्दिवास नगरपालिका–२ का  महेशकुमार झाले बताए ।  


भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सोही दिन साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गर्दै घरमूली व्रतालुले फलपूmल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिल परम्परा छ । 

खासगरि खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टमित्रसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि  यो पर्व सम्पन्न गरिने मैथिल हिन्दू परम्परा छ ।

भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले व्रत बसेर मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन रहेको मैथिली संस्कृतिका जानकार बताउछन् ।

 यो व्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानी, महोत्तरीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा बताउछन्।

मिथिलाका मूल  बासिन्दा चौरचन पर्वको तयारीमै रहेका बेला  यस क्षेत्रकै पर्वते मूलका बासिन्दा भने सो दिन चन्द्र दर्शन दोषपूर्ण रहने बताउछन् ।

पछिल्ला पुस्ताका किशोरहरु कही कतै चन्द्र दर्शनको दोष मेटाउन बिग्याँई गर्ने गरेका विगत देखिएको छ । गाउँघरमा राति सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास छ । 

दोष मेटाउन बिग्याँई गर्नुपर्ने पुरानो विश्वास भने ठिक नरहेको भङ्गाहा नगरपालिका–४ का २३ वर्षीय सुलनचन्द्र शर्मा बताउछन् ।

यसपालि चौरचन पर्व तिथिको घटबढले तीज उपवासकै दिन सोमबार परेको छ । चौरचन पर्वमा भदौ शुक्ल चौथीको महत्व र उपवास गरिनाले सोमबार बिहान १० बजे अगावै चौथी शुरु हुने हुँदा चौरचन पर्वको तयारी एक दिन पहिले नै गरिएको हो । मिथिलामा यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्रसमेत भन्ने गरिएको पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप