शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आरोप पुष्टि भए तत्काल पदबाट राजीनामा दिन्छु: सभापति आचार्य

आइतबार, १५ भदौ २०७६, १९ : १९
आइतबार, १५ भदौ २०७६

काठमाडौं– नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोपको खण्डन गरेका छन् । 
सभापति आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोप पुष्टि भए आफूले तत्काल पदबाट राजीनामा दिने चेतावनी पनि दिइन् ।

उनले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी पनि गरे । आईतबार काठमाडौंमा आयोजित ‘श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्याः समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति आचार्यले न्यूनतम पारिश्रमिक दिलाउन ३९५ जना श्रमजीवि पत्रकारहरुले महासंघका निवेदन दिएकोमा ३५० जनाको सो माग पूरा गराउन महासंघ सफल भएको पनि बताए ।

सभापति आचार्यले महासंघले पत्रकारहरुको हितको लागि ठूला मिडिया हाउसका मालिकसँग आन्दोलन गरिरहेको दावी पनि गरे । तर त्यस्ता आन्दोलनमा महासंघकै विभिन्न शाखाहरु समेत सहभागी नभएकोमा उनको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप