खुद्रा व्यापार जस्तो विकास गरेर कर्णाली बनाउन सकिदैन: मुख्यमन्त्री शाही
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले खुद्रा व्यापार जस्तो विकास गरेर कर्णाली वनाउन नसकिने बताएका छन् । कर्णाली निर्माणका लागि ठुलो लगानी सहित तिव्र गतिमा विकास कार्यलाई अगाडि वढाउनुपर्ने उनको भनाई छ ।
उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको आईतवार भएको विदाई कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताए ।
कर्णालीको विकास र समृद्धिको लागि वृहत गूरु योजनाको आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताको आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालि रहनुभएका मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जिवनस्तरमा परिवर्तन गर्ने खालका ठुला योजना सरकारले लगानी केन्द्रीत गर्ने नीति लिएको स्पष्ट पारे ।
बजेट कार्यान्वयनको तयारीलाई तिव्र बनाईदै
यसैबीच बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले गम्भीर गृहकार्य गरिरहेको छ । गएको साता संगठन संरचना तथा जनशक्ति व्यवस्थापनको कामलाई अन्तिम टुंगोमा पुर्याएको प्रदेश सरकारले नयाँ संरचना वमोजिमका कार्यालयहरु स्थापना गर्ने, सम्वन्धित कार्यालयहरुमा वजेट अख्तियारी पठाउने काम अगाडि वढाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आईतवार विहान विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुको वैठक वोलाएर नयाँ संरचना वमोजिमका कार्यालय स्थापना तथा वजेट कार्यान्वयनमा देखिएका समस्याको विषयमा जानकारी लिएका छन् ।
वैठकपछि मुख्यमन्त्री शाहीले कार्यालय स्थापना, वजेटको अख्तियारी तथा कार्यान्वयनमा देखिएका प्रक्रियागत समस्याहरु सामाधान गर्न निर्देशन गर्नुभएको छ । विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई निर्देशन गर्दै मुख्यमन्त्री शाहीले भने– ‘मन्त्रालय र अन्तरमन्त्रालयका विचमा देखिएका कानूनी, प्राविधिक एवं प्रकृयागत समस्या सामाधान गरि तत्काल कार्यालय स्थापना र वजेट कार्यान्वयन अगाडि वढाउनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार