बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा भोली सार्वजनिक विदा

आइतबार, १५ भदौ २०७६, १६ : ४०
आइतबार, १५ भदौ २०७६

जनकपुर– मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो ।

महिलाहरुले गर्ने हरितालिका तिज पतिको लागि गर्छिन् भने चौठचन्द पर्व सन्तानको दिर्घायू, परिवारको सुखी दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइदैँ आइरहेको छ । गणेश चतुर्थी अर्थात चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार विदा दिने जनाएका छन् । 

चौठचन्द पर्वमा महिलाहरुले व्रत गरि नयाँ चामलबाट बनाइएका विभिन्न परिकारका पकवानहरुहरु बनाएर अबेर बेलुकाको विभिन्न ५ किसिमका लफुल हातमा राखेर चन्द्रमाको दर्शन गरेपश्चात भोजन गर्ने चलन रहेको छ । चौठचन्द पर्वमा महिलाहरु भने दिनभर निराहार रहेर श्रद्धापूर्वक चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकारहरु पकवानहरु बनाउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप