‘प्रेमगीत ३’ को विदेश राइट ९५ लाखमा बिक्री

काठमाडौं – फिल्मको चर्चा र त्यसमा राम्रो कलाकार हुनपर्छ निर्माताले लगानी सुरक्षा गर्न हलको भर पर्नु पर्दैन । त्यसका लागि डिजिटल र ओभरसिज राइट्स् नै काफी छ । यसको जल्दोबल्दो उदाहरण फिल्म ‘छ माया छपक्क’ र ‘प्रेमगीत ३’ लाई हेर्न सकिन्छ । निर्माता रोहित अधिकारीले केही महिना अगाडि ‘छ माया छपक्कै’ को ओभरसिज राइट्स १ करोड १६ लाखमा बिक्री गरेका थिए ।
अहिले फिल्म ‘प्रेमगीत ३’ को पनि ओभरसिज राइट ९५ लाखमा बिक्री भएको छ । ‘प्रेमगीत ३’ को बिदेश राइट दाताज् इभेन्ट्सलाई ९५ लाखमा आफुले बिक्री गरेको निर्माता सन्तोष सेनले जानकारी दिए । बिदेश राइको बिषयमा शुक्रबार फिल्म निर्माण कम्पनी आसुसेन फिल्मस्का निर्माता सेन र दाताज् इभेन्ट्सका प्रमुख दाताराम घिमिरेबीच सम्झौता शएको छ ।
‘प्रेमगीत’ सिरिज प्रति दर्शकको विश्वास भएका कारण आफुले बिदेश राइट निर्माण पहिले किनेको दाताज् इभेन्ट्सका घिमिरेले बताए । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, प्रेम पुरी, सन्तोष सेनलगायतको अभिनय रहने फिल्मको दशैंपछि छायाँकन सुरु हुँदैछ । छेतेन गुरुङ र निर्माता सेनले मिलेर फिलम निर्देशन गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना
-
भलिबललाई जीवन बनाएकी संगीता
-
१५ दिनदेखि शिक्षकहरू सडकमा, सबैलाई आन्दोलनमा सहभागी हुन उर्दी (तस्बिरहरू)
-
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
-
नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो
-
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह