प्रभासको ‘साहो’ ले बक्स अफिसमा मच्चायो धुम, दुई दिनमा कमायो यति करोड
प्रभास र श्रद्धा कपुरको फिल्म साहोको हिन्दी संस्करणले बक्स अफिसमा धुम मच्चाइरहेको छ । २४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको छ । फिल्मको हिन्दी संस्करणले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ ।
यस्तै, यसको सबै संस्करणको कुरा गर्ने हो भने फिल्मले शनिबार मात्रै ५०–५५ करोड भारुको कमाई गरेको छ । यससँगै, साहोले देशभरी दुई दिनभित्रै १४० करोडको कलेक्सन गरेको छ ।
प्रभास र श्रद्धा कपुर स्टारर साहोका लागि दर्शक पनि त्यत्तिकै क्रेजी देखिएका छन् । यद्यपि, साहो फिल्म समीक्षकहरुको आशामा खरो उत्रन सकेको छैन । तर कमाई र प्रदर्शनको कुरा गर्ने हो भने यो फिल्म साउथको तेस्रो यस्तो डब गरिएको फिल्म हो जसले हिन्दी मार्केटमा सबभन्दा धेरै कमाईको रेकर्ड बनाएको छ । यसअघि प्रभासले ‘बाहुबली’ मार्फत् अत्यधिक चर्चा बटुलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड