टाइगर श्रोफबारे दिदी कृष्णाले भनिन्, ‘ऊ अहिले शत प्रतिशत सिंगल छ, म झुटो बोलिरहेको छैन’

टाइगर श्रोफको नाम दिशा पाटनीसँग जोडिन्छ । यी दुईलाई धेरैजसो डिनर र मुभीका लागि सँगै गएको देख्न सकिन्छ । तर अहिलेसम्म यी दुईमध्ये कसैले पनि सम्बन्ध स्विकारेका छैनन् । अब टाइगरकी दिदी कृष्णा श्रोफले उनलाई शत प्रतिशत सिंगल बताएका छन् । कृष्णा ‘नथिंग टु हाइड’ नामको एक च्याट शोमा कुरा गरिरहेकी थिइन् ।
दिशा–आदित्य सँगै भएको हेर्न चाहन्छिन् कृष्णाः
कृष्णाले कुराकानीकै क्रममा दिशा पाटनी र आदित्य रोय कपुरलाई जोडीको रुपमा हेर्न चाहेको बताइन् । आफूले साँचो बोलेको भन्दै उनले भनिन्, ‘तपाईंलाई थाहा नै छ, म कहिले पनि झुटो बोल्दिनँ र हरेक कुराको एकदम स्पष्ट विचार राख्छु । टाइगर शत प्रतिशत सिंगल छन् । ’
हालै इन्स्टाग्रामको प्रश्नोत्तर सेशनमा जब एक सोशल मिडिया प्रयोगकर्ताले के उनी दिशा पाटनीलाई डेट गरिरहेका छन् भनेर सोधे, तब उनले भनेका थिए, ‘मेरो औकात छैन ।’ योसँगै उनले बाँदरको इमोजी पनि बनाएका थिए ।
जब दिशाले दिइन् रमाइलो प्रतिक्रियाः
केही समय अघि दिशाले पनि डेटिङको प्रश्नमा प्रतिक्रिया दिइसकेकी छिन् । उनलाई एक सोसल मिडिया प्रयोगकर्ताले उनलाई टाइगरसँगको आफ्नो सम्बन्धलाई किन स्विकारिरहेकी छैनन् भनेर सोध्दा दिशाले लेखेकी थिइन्, ‘म लामो समयदेखि कोसिस गरिरहेकी छु । धेरै वर्षदेखि उनलाई प्रभावित पार्ने कोसिस गरिरहेकी छु । मैले फिल्म ‘भारत’ मा अभिनय गरेँ जसमा स्टन्ट पनि गरेँ । सोचेकी थिएँ कि सायद ऊ प्रभावित होला । तर दुर्भाग्य । हो, हामी सँगै खाना खान गएका थियौं तर यसको अर्थ यो होइन कि ऊ मबाट प्रभावित भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस