शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ह्याकपछि चलेनन् बैङ्कहरुका अधिकांश एटीएम, राष्ट्रबैङ्कले डाक्यो आकस्मिक बैठक

आइतबार, १५ भदौ २०७६, १२ : ३०
आइतबार, १५ भदौ २०७६

ठमाडौं । नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिएपछि राष्ट्र बैङ्कले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार बैठक अबको दुई घण्टापछि बस्दै छ ।  

राष्ट्र बैङ्कका अनुसार नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकेको हो । 

यता, बैङ्कको एटीएमबाट अनाधिकृतरुपमा रकम झिकिएको खबर बाहिररिएपछि अधिकांश बैङ्कहरुको एटीएममा समस्या देखिएको छ ।

परिसरले शनिवार साँझ दरबारमार्ग स्थित एक होटलबाट ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका थियो । 

पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उत्तमराज सुवेदीले राष्ट्र बैङ्कले दिएको जानकारीका अनुसार दुई वटा बैङ्कबाहेक अन्य सबै बैङ्कका एटीएममा समस्या आएको बताए । 


बैङ्कहरुले भने ह्याक प्रकरणले भन्दा पनि गेट वे सर्भरमा समस्या आएपछि एक दिन अर्थात् २४ घण्टाका लागि सम्पूर्ण एटीएम डाउन हुन सक्ने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप