मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१६ वर्षीय फातीको ऐतिहासिक गोलका बावजुद बराबरीमा रोकियो बार्सा

सन् २००८ पछि कै खराब सुरुवात
आइतबार, १५ भदौ २०७६, ०८ : ०३
आइतबार, १५ भदौ २०७६

साबिक विजेता बार्सिलोना ला लिगामा ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

रोबर्टो टोरेसले खेलको शुरुवातमा नै ओसासुनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेको ६ मिनेटपछि नै १६ वर्षीय अन्सु फातीले कार्लेस पेरेजको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

योसँगै उनी बार्सिलोनाका लागि लिगमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । १६ वर्ष ३०४ दिन भएका उनी ला लिगामा गोल गर्ने सबैभन्दा कम उमेरका तेस्रो खेलाडी हुन् ।

उनी अघि मालागाका फ्याब्रिस ओलिन्गा (१६ वर्ष, ९८ दिन) र एथ्लेटिक बिल्बाओका इकर मुनियान (१६ वर्ष २८९ दिन) रहेका छन् ।

त्यसपछि पेरेजले पुनः आर्थरका लागि गोलको अवसर सृजना गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

तर, खेलको अन्त्यतिर जेरार्ड पिकेले ह्याण्ड बल गरेपछि टोरेसले पेनाल्टीमार्फत खेल बराबरी गरे ।

स्टार फरवार्ड लियोनेल मेस्सी बिना मैदानमा उत्रिएको बार्सिलोनाले पुनः एक पटक असन्तुलित खेल प्रदर्शन गर्यो ।

पहिलो खेलमा एथ्लेटिक बिल्बाओसँग पराजित भएको बार्साले गत हप्ता बेटिसलाई गोलले पछि परेको स्थिति उल्टाउँदै पराजित गरेको थियो ।

चार खेलपछि बार्सिलोना ७ औँ स्थानमा सिमित बनेको छ ।

ओसासुनासँग बराबरी गरेपछि बार्साले ३ खेलबाट मात्र चार अंक बटुलेको छ ।

सन् २००८–०९ सिजनपछि बार्सिलोनाले गरेको सबैभन्दा खराब शुरुवात हो । तर, उक्त सिजन पेप ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले लिग उपाधिमा कब्जा जमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप