अमेरिकाको टेक्ससमा चार हप्तामै पुनः अन्धाधुन्ध गोलीबारी, कम्तीमा पाँचको मृत्यु

बीबीसी
अमेरिकाको टेक्सस राज्यमा एक बन्दुकधारीले दुई शहरमा अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । पुलिसका अनुसार कम्तीमा १६ जना घाइते भएका छन् ।
ओडिसाको मेडिकल सेन्टर हस्पिटलले उपचार भइरहेका मध्ये दुई वर्ष मुनिका एक बालकसमेत बताउँदै सातजनाको स्थिती नाजुक भएको जानकारी दिएको छ ।
ओडेस शहरको पुलिसका अनुसार बन्दुकधारीले सुरुमा एक ट्राफिक पुलिसमाथि गोली चलाए जसले उनको कारलाई रोकेका थिए ।
त्यसपछि उनले एक पोस्टल ट्रक चोरे र नजिकैको एक शहर मिडल्याण्डतर्फ गए जहाँ उनले पुनः गोलीबारी गरे ।
पुलिसले बन्दुकधारीलाई एक सिनेमा कम्प्लेक्समा गोली चलाएर हत्या गरेको छ ।
पुलिसका अनुसार लगभग ३५ वर्षका एक गोरो वर्णमा व्यक्ति थिए । शनिबार दिउँसो भएको यो हमलाको उद्देश्य स्पष्ट हुन सकेको छैन ।
यो हमलाको चार हप्ता अघि पनि टेक्ससमा एक बन्दुकधारीले अल पासो शहरमा गोलीबारी गरेर २२ जनाको हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय
-
डिजिटल अपराधसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै
-
सैनिक मञ्च टुँडिखेलमा सेनाले यसरी मनाउँदैछ सेना दिवस