कृषि उद्यमबाट नै मुलुकमा समृद्धि आउँछ : मुख्यमन्त्री पौडेल

मकवानपुर - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।
मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका विभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि आज यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाटै हुन्छ ।’
मुख्यमन्त्री पौडेलले कृषि र पशुपालनसँगसँगै लैजाने नीति प्रदेश सरकारको रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने प्रदेश सरकारको नीति रहेको बताउँदै उनले एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढाइने जानकारी दिए ।
मुख्यमन्त्री पौडेलले किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि विभिन्न स्थानमा बृहत कृषि बजार स्थापना गरिने उल्लेख गर्दै सरकारको मूल अभियान नै कृषि क्रान्ति गर्ने भएकाले सबै जनता कृषिमा जोडिनुपर्ने बताए ।
माटो परीक्षणलगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक–एक माटो जाँच केन्द्रको स्थापना गरिने उल्लेख गर्दै उनले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार नै खेती गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
-
ट्रम्पले मार्क कार्नीलाई दिए जितको बधाई