बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री र मन्त्रीहरुमा राजाको छनक देखिन थाल्यो : नेता पौडेल

शनिबार, १४ भदौ २०७६, २० : ०६
शनिबार, १४ भदौ २०७६

बैतडी – नेपाली काँग्रेसका केद्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन् ।  नेपालि काँग्रेस बैतडी र जिपि कोइराला  बैतडीको आयोजनामा गोठलापानीमा  पार्टी प्रवेश एवम् सास्कुर्तिक कार्यक्रममा नेता पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ कामको शुरुवात नगरेको बताएका हुन् ।

‘वर्तमान सरकार झुटा आश्वासन बाड्नमै सीमित छ।’ उनले भने, ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन् । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ । यो सरकारले अहिलेसम्म एउटा काम पनि शुरु गर्न सकेको छैन् ।’

दुईतिहाईको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप छ । उनले भने,  ‘सुन काण्ड, बालुबटारकाण्ड, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डहरुमा सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।’

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएपनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको उनले बताए । 

उनले भने,  ‘पुर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन् । तर यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसका घाँटी निमोठ्ने दाउमा लागेको छ ।मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको नेता पौडेलले बताए । 

उनले भने,  ‘नेकपाबाट निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरु नयाँ राजा बन्ने अभियानमा लागेका छन् । उनीहरुका प्रवृति हेर्दा राजाको छनक दिने खालका छन् ।’

देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब काँग्रेस एकढिक्का भएर अघि बढ्ने पनि पौडेलले बताए । उनले भने,  ‘अब हामी एकढिक्का भएर अघि बढ्छौं । लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ।’

पार्टी प्रवेशीलाई पौडेलको स्वागत

विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेलाई नेता पौडेलले सदस्यता वितरण गर्दै स्वागत गरे । सतारुढ नेकपाका नेता एवं दलित मुक्ती मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार लगायतलाई पौैडेलले पार्टी प्रवेश गराएका हुन्।  जयराम लुहारसँगै नारायणसिंह मार्कण्ड, धनीराम चुनारा, सरस्वती टमाटा, वकील बोहरा, नमराज बोहरा लगायत दुई दर्जनले पार्टी प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप