शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्टोबर १४ मा पृथ्वीको नजिकैबाट गगनचुम्मी भवनभन्दा ठूला क्षुद्रग्रहले पार गर्दै

शनिबार, १४ भदौ २०७६, १६ : ५७
शनिबार, १४ भदौ २०७६

अबको १४ दिनपछि अर्थात सेप्टेम्बर १४ मा एउटा क्षुद्रग्रह पृथ्वीको नजिकैबाट पार गर्दैछ । त्यो आकासिय पिण्ड पृथ्वीमा भएका सबैभन्दा अग्ला गगनचुम्मी घरको हाराहारी हुने नासाले जनाएको छ । 

वैज्ञानिकले क्षुद्रग्रहको नाम २०००क्यूडब्लू७ दिएका छन् । यसको व्यास २९० मिटिरदेखि ६५० मिटर बीच रहेको अनुमान गरिएको छ । 

विश्वको सबैभन्दा ठूलो भवन ब्रुज खलिफाको उचाई ८२९.८ मिटर छ भने दोस्रो अग्लो भवन चीनको सांघाई टावरको उचाई ६३२ मिटर रहेको छ ।

२०००क्यूडब्लू७ क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिक सेप्टेम्बर १४ जीएमटी समय अनुसार ११ः५४मा आइपुग्नेछ । 

यो समय क्षुद्रग्रह पृथ्वीबाट ३३,१२,९४४ माइल दुरीमा हुनेछ र यसको गति १४,३६१ माइल प्रति घण्टा हुने प्रक्षेपणछ । 

खगोलशास्त्रीहरुले पृथ्वीको नजिक आए पनि उक्त दुरी जोखिमपूर्ण नभएकाले चिन्ता मान्नु पर्ने अवस्था नरहेको बताएका छन् । तथापि नासाको ‘सेन्टर अफ निअर अर्थ अब्जेक्ट स्टडिज’ले यसको मार्गको निगरानी गर्नेछ । 
यो क्षुद्र ग्रह पछिल्लोपटक सन् २००० सेप्टेम्बर १ मा पृथ्वीको नजिक आएको थियो र पुनः सन् २०३८ अक्टोबर १९ मा पृथ्वीको नजिक आउने प्रक्षेपण छ ।  

यो क्षुद्र ग्रहले हामीलाई कुनै खतरा नपु¥याउने भए पनि युरोपेली स्पेस एजेन्सीले पृथ्वीबाट नजिक रहेका ८६९ आकाशिय पिण्ड हाम्रो ग्रहतर्फ आउने सम्भावित भएको बस्तुको रुपमा पहिचान गरेका छन् । 

तर ती आकाशिय पिण्डमाथि अन्तरिक्ष वैज्ञानिकले निरन्तर निगरानी राखिरहेको र निकट भविष्यमै भने कुनै जोखिम नरहेको वैज्ञानिकहरुले बताउँदै आएका छन् ।  

यस अघि जुलाई २३ मा फुटबल मैदानजत्रो एउटा क्षुद्र ग्रह पृथ्वीबाट जम्मा ४०,३८९ माइल दुरीबाट पार गरेको थियो । 

यस क्षुद्रग्रहले उब्जाएको डरलाग्दो पक्ष के थियो भने यो पृथ्वी नजिकबाट पार भइसकेपछि मात्र वैज्ञानिकहरुको नजरमा परेको थियो । 

उक्त घटनापछि विभिन्न क्षेत्रबाट आकाशीय पिण्डमाथिको निगरानी बढाउनु पर्ने माग उठेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप