शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५२ वर्षको उमेरमा पिता बने शाहिद कपुरका सौतेनी बुवा

शनिबार, १४ भदौ २०७६, १२ : ३६
शनिबार, १४ भदौ २०७६

बलिउड नायक ईशान खट्टरका पिता राजेश खट्टर एकपटक पुनः बुवा बनेका छन् । उनको छोराको हालै जन्म भएको छ । राजेश खट्टरले ११ वर्षअघि वन्दना सजनानीसँग विवाह गरेका थिए । उनीहरुले आफ्नो छोराको नाम वनराज कृष्ण राखेका छन् ।

राजेश खट्टर र वन्दना सजनानीको यो यात्रा सजिलो रहेन । उनका छोराको जन्म तीन महिना अघि भएको थियो तर उनीहरुले यो खबर सार्वजनिक गरेनन् किनभने उनीहरुका छोरा लामो समयसम्म अस्पतालमा थिए ।

उनले हालै एक वेबसाइटमा यसबारे कुराकानी गरेका छन् । उनले आफ्नो छोरा जन्मिएकोमा खुसी व्यक्त गर्दै भने, ‘यो निकै राम्रो अनुभव हो तर यो यात्रा हाम्रो लागि सहज रहेन । वन्दनाको गर्भमा जुम्ल्याहा सन्तान हुर्किरहेका छन् भन्दा हामी निकै खुसी भएका थियौं तर तेस्रो महिनामै उनको स्थिती खराब भयो र उनलाई अस्पताल भर्ना गर्नुपर्यो । केही महिनापछि थाहा भयो कि दुईमध्ये एक बच्चाको वृद्धि निकै कम र ढिलो भइरहेको छ, त्यसपछि हामीले उसलाई गुमायौं । तसर्थ अर्को बच्चालाई बचाउनका लागि हामीले तुरुन्त सुत्केरी गराउनुपर्यो । तीन महिना अघि हाम्रो छोराको जन्म भयो ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Anniversary love 💕 @vandanasajnaniofficial

A post shared by Rajesh Khattar (@rajesh_khattar) on

लामो समयसम्म अस्पताल बसे उनका छोराः

राजेश खट्टरका अनुसार शल्यक्रियापछि उनकी श्रीमती वन्दना ठिक हुन निकै समय लाग्यो । यसका साथै उनका छोरालाई पनि न्यूबर्न इन्टेन्सिभ केयर युनिटमा साढे दुई महिनासम्म राखियो । ‘हाम्रो छोरा र वन्दना दुबैले सँगै संघर्ष गरिरहे र जन्माष्टमीको मौकामा हाम्रो कृष्णा घर आयो । यो हामीलाई भगवानले दिएको सबैभन्दा सुन्दर उपहार हो ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

About last night . #nickyanka reception. What I wear is ace designer#harianand ‘s creation

A post shared by Rajesh Khattar (@rajesh_khattar) on

नीलिमा अजमीसँग गरेका थिए विवाहः

वन्दना अघि राजेशले नायिका नीलिमा अजमीसँग विवाह गरेका थिए र यी दुईका छोरा हुन् ईशान खट्टर । यस्तै, राजेश खट्टर नायक शाहिद कपुरका सौतेनी बुवा हुन् । राजेशले ५० वर्षको उमेरमा बुवा बनेको बारे भनेका थिए, ‘५० वर्षको उमेरमा बुवा बन्नु एउटा चुनौती थियो तर यो उमेरमा पिता बन्ने म न पहिलो व्यक्ति हुँ न अन्तिम ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Now u know what we did last friday 😊 @vandanasajnaniofficial

A post shared by Rajesh Khattar (@rajesh_khattar) on

वन्दनाको तीन पटक गर्भपतन भएको थियोः

राजेशका अनुसार आमा–बुवा बन्नु उनीहरुको लागि निकै कष्टकर रह्यो । उनका अनुसार ११ वर्षमा वन्दनाको तीन पटक गर्भपतन भयो, आइयूआई (Intrauterine Insemination) तीन पटक विफल रह्यो, तीन फेल आइभिएफ र तीन पटक सरोगेसी पनि विफल रह्यो । उनले आफ्नो खुसी व्यक्त गर्न नसकेको बताए । म जोडीलाइ प्रोत्साहित गर्नका लागि आफ्नो कहानी बताउन चाहन्छु ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Bhaijaan ❤️ (Swipe right for the crew, swipe again for the ultimate photobomb)

A post shared by Ishaan (@ishaankhatter) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप