एकै वर्षमा रोपिए एक लाख ५३ हजार बिरुवा

पाँचथर । पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३ हजार ३५० विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको जनाएको छ ।
वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला कार्यालयले काष्ठ, गैरकाष्ठ रुखका तथा जडीबुटीका गरी उक्त सङ्ख्यामा बिरुवा रोपण गरिएको जनाएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार गत आवमा समूह तथा सहकारीले सामुदायिक तथा कबुलियती वनमा ३५ हजार ८५० जडीबुटीका बिरुवा रोपेका छन् ।
जसमा लौठसल्ला २१ हजार ३००, सतुवा १३ हजार ५०, फालेविष ४००, वन लसुन ३००, खोकिम र विखमा चार÷चार सय छन् ।
यस्तै जिल्लाका कृषकले निजी जग्गामा ३७ हजार ७०० लौठसल्ला र सतुवाका बिरुवा रोपेका छन् । जसमा लौठसल्लाका बिरुवा छ हजार २०० छन् भने सतुवाका बिरुवा ३१ हजार ५०० छन् ।
काष्ठजन्य प्रजातिका ११ हजार २०० वटा बिरुवा एकै सामुदायिक वनमा रोपण गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए ।
फिदिम नगरपालिका वडा नं ३ र ५ तथा फाल्गुनन्द गाउँपालिका–२ मा पर्ने नाम्फुङ्यक सामुदायिक वनको सात हेक्टर जमीनमा चाप, लौठसल्ला, उत्तिस, पैयु र जापानिज सल्लाका विरुवा रोपण गरिएको हो ।
यस्तै चार वटा कबुलियती वनहरुमा ६८ हजार अर्गेलीका बिरुवा रोपिएको छ । अर्गेली खेती क्रमशः फष्टाउँदै गएको, आधुनिक रुपमा प्रशोधन गरिएको अर्गेलीको लोक्ताले राम्रो मूल्य पाउन थालेका कारण कार्यालयले कृषकलाई बिरुवा वितरण गर्न थालेको डिभिजन प्रमुख राईले बताए ।
डिभिजन वन कार्यालयले जडीबुटी तथा वन पैदावार प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले जिल्लाको फालेलुङ गाँउपालिका–६ र फाल्गुनन्द गाउँपालिका–३ मा एक÷एक वटा जडीबुटी भण्डारण केन्द्र निर्माण गरेको छ । यस्तै एउटा वन पैदावारमा आधारित उद्योग सञ्चालन गृह निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा