बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा जीप दुर्घटना, चालकको मृत्यु

शनिबार, १४ भदौ २०७६, ११ : ०८
शनिबार, १४ भदौ २०७६

रोल्पा । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । 

सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३०वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए । 

शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पु¥याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप