बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा

शनिबार, १४ भदौ २०७६, १० : ४७
शनिबार, १४ भदौ २०७६

बुटवल ।  प्युठानको  गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले  दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी छन् । उनकी श्रीमति सीता केसीले आफू हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत  जिल्ला अदालतमा बहुविवाहको मुद्दा  दर्ता गराएकी हुन् । 

 प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले अध्यक्ष गिरिविरुद्ध अदालतमा बहुविवाहको मुद्धा दर्ता भएको जानकारी दिए । 
 

   डिएसी कार्कीले भने–‘उहाँकी श्रीमतिले  जाहेरी दिए पछि गाउँपालिकाको अध्यक्ष कै घरमा हामी पुग्यौं । उहाँ भने सम्पर्कमा आउनु भएको छैन । हामीले अध्यक्ष गिरिको फोनमा सम्पर्क राख्दा पनि सम्पर्क हुन सकेन ।’
 जाहेरी दिएकी गिरिकी श्रीमति सीताले आफूहरुले २०५७ सालमा विवाह गरेको र  हाल १७ वर्षीया एक छोरी र १२ बर्षीय एक छोरा समेत रहेको बताइन् । 
श्रीमानले गत असार २९ गते   प्युठान नगरपालिकाकी किशोरीसँग बिबाह गरेको जानकारी पाएपछि आफूले बहुविवाहको मुद्धा दर्ता गराएको उनले बताइन् । 

गाउँपालिका अध्यक्ष गिरि नेपाली कांग्रेसबाट  उमेदवारी दिएर विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप