बिल्बाओ ला लिगाको शीर्ष स्थानमा

एजेन्सी । एथ्लेटिक बिल्बाओ स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बिल्बाओले रियल सोसियडाडलाई २–० गोलले हरायो ।
घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बिल्बाओलाई जिताउन इनाकी विलियम्सले ११औं र राउल गार्सियाले २८औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा बिल्बाओ सजिलै विजयी भयो । जितसँगै शीर्ष स्थान ओगटेको बिल्बाओले तीन खेलबाट सात अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको सोसिइडाड नवौँ स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा सेभिया र सेल्टाभिगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छनन् ।
घरेलु मैदानमा सेभियाले ८१ औँ मिनेटमा फ्रान्को भाजक्वीजको गोलका अग्रता लिएको थियो । तर ८४औं मिनेटमा सेल्टाभिगोका डेनिस स्वारेजले बराबरी गोल फर्काएका थिए ।
त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा एक एक अंक बाँडे । बराबरीसँगै तीन खेलबाट सात अंक बनाएको सेभिया दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक बनाएको सेल्टाभिगो आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
-
विनाशकारी भूकम्पको संघारमा भारत
-
सुमनाले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा ?
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति