गाई मृत भेटिएको प्रकरण : दोषी उपर कानूनी कारवाही गर्न माग
शनिबार, १४ भदौ २०७६, ०८ : २०

नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत कटकुवा वन क्षेत्रमा करीब दुई दर्जन गाई मृत र सयौँको सङ्ख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
काङ्ग्रेस संसदीय दलले शुक्रबार एक विज्ञप्तिमार्फत गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको उल्लेख गर्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गरेको छ ।
पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा यस्ता घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय भएको उल्लेख गर्दै गौहत्याप्रति आपत्ति र भत्र्सना गरिएको छ ।
काङ्ग्रेसले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरिन नदिन सरकार एवं सम्बन्धित निकायसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ