केन्द्रीय संस्करण

नेदरल्यान्ड्सको हेगमा हुने अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुँदै

person explore access_timeभदौ १३, २०७६ chat_bubble_outline0

नेदरल्यान्ड्स– आगामी सेप्टेम्बर ६ र ७ तारिखका दिन नेदरल्यान्ड्सको सहर द हेगमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मेलामा नेपाल पनि सक्रिय सहभागी  हुने भएको छ  ।  एम्बेसी फेस्टिवल नाम दिइएको उक्त मेलामा नेपाललाई सहभागी गराउन नेपाली दूतावास सहित नेदरल्यान्ड्सका सबै संघ–संथाहरु जुटिरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका अध्यक्ष ठाकुरप्रसाद शर्मा (मनोहरि)ले  जानकारी दिए ।

मेलामा विशेषगरी नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै नेपालको पर्यटन प्रवद्र्धन अभियान २०२० लाई सघाउ पुर्याउन उच्च महत्व दिइने नेपाली दूतावासले प्रस्ट पारेको छ । उक्त मेलामा नेपाली दूतावास, नेदरल्यान्ड्सका लागि जनरल कन्सुलेट, नेदरल्यान्ड्सका लागि पर्यटन दूतहरु, एन आरएनए अन्तर्राष्ट्रिय परिषद अन्तर्गतको संस्कृति तथा सम्पदा प्रवर्धन समिति, एनआरएनए राष्ट्रिय परिषद नेदरल्यान्ड्स, नेपाली जनसम्पर्क समिति, नेपाल समाज नेदरल्यान्ड्स, प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास), हिमचुली कला समूह, अन्तराष्ट्रिय, नेपाली समाज लगायत नेदरल्यान्ड्समा रहेका अन्य विभिन्न सामाजिक ,सांस्कृतिक र व्यावसायिक संघ–संथाहरुको सामुहिक सहभागिता रहनेछ । 

विश्वको करिब ६७ भन्दा बढी देशको सहभागिता रहने उक्त मेलामा नेपाललाई चौथो पटक सहभागी गराउन लागिएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.