प्रचण्डलाई भेटे सर्लाहीका श्याम परदेशी पीडितले : न्याय दिने प्रतिबद्धता
काठमाडौं– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण साहका पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका छन् । श्याम परदेशी पीडितहरुले शुक्रबार प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने क्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
पीडितहरुले आफूहरु श्यामकृष्णबाट अन्यायमा परेको भन्दै उनीमाथि छानविन गरेर न्याय दिलाउन प्रचण्डसमक्ष माग गरे । पीडितहरुको कुरा सुनिसकेपछि जवाफमा प्रचण्डले भोली नै गृहमन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरिक्षक, कानूनविद लगायतसँग छलफल गरेर कानूनी रुपमा के गर्न सकिन्छ एउटा निर्णय गरेर न्याय दिने बताए ।
निमुखाहरुलाई ठगी गर्ने श्यामकृष्ण शाह उर्फ श्याम परदेशीलाई तत्काल कारबाहीको लागी आवश्यक कदम चाल्ने र अन्यायमा परेका निमुखाहरुलाई न्याय दिने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएको अनरास्ववियू केन्द्रीय सदस्य समिर बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि आज बिहान उनीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर ज्ञापनपत्र बुझाउँदै न्यायको माग गरेका थिए । गृहमन्त्री थापाले यसबारेमा अनुसन्धान गरेर अन्यायीलाई कारवाही गर्ने र पीडितलाई न्याय दिने बताएको बुढाथोकीले जानकारी दिए । बिहिबार साँझ उनीहरुले माइतीघर मण्डलामा धर्ना समेत दिएका थिए ।
१ सय ५० भन्दा बढीलाई ऋण दिँदै श्यामकृष्णले ठगेपछि पीडितहरु न्यायको माग गर्दै काठमाडौं आएका हुन् । सर्लाहीको साविक पिपरिया गाविस स्थायी घर भै हाल मलङ्गवा नगरपालिका वडा नं. ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साहले सर्लाही लगायतका विभिन्न ठाँउका विपन्न सोझा साझा, अशिक्षित, गरिव निमुखा व्यक्तिहरुलाई ऋण लगानी गर्ने र जाली तमसुक बनाई लाखौ रुपैयाँ ठगी गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।
हालसम्म १ सय ५० जना व्यक्तिलाई १ करोड ९ लाख ५१ हजार साँवा दिएकोमा श्याम परदेशीले १ करोड ४७ लाख ४ हजार रकम लिइसकेको र अझै ७ करोड रकम तिर्नुपर्ने दावी गरेका छन् । पीडितहरुले श्याम परदेशी पीडित संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन् । उनीहरुको आन्दोलनमा विभिन्न दलका सांसद तथा पूर्वमन्त्रीहरुले समेत साथ दिएका छन् ।
पीडितहरुलाई न्यायका लागि नेकपा केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, सर्लाहीका नेताहरु डाजाराज वाग्ले, कमल बुढाथोकी, सांसद रामेश्वर राययादव, नेकपा सर्लाही काठमाडौं सम्पर्क मञ्च र नेकपा सर्लाही जिल्ला नेताहरुले पहलकदमी लिएको विद्यार्थी नेता समिर बुढाथोकीले जानकारी दिए ।
यो पनि पढ्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँमा सोनु निगमको कन्सर्ट
-
बुमराहले बराबरी गरे अश्विनको कीर्तिमान
-
नेताहरूलाई कारबाहीपछि शंकर पोखरेलले एआईको सहायता लिँदै लेखे यस्तो
-
पाकिस्तानी हवाई हमलामा अफगानिस्तानमा ४६ जनाको मृत्यु : तालिबान
-
०६६ मा कांग्रेसबाटै सुरु भएको हो लेखा समिति सभापतिमा बेथिति