पारिश्रमिक र सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण
पोखरा – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् ।
विधेयकलाई भदौ ११ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाएको थियो । प्रदेश प्रमुख कुँवरले शुक्रबारै पाँच–पाँचप्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका हुन् ।
प्रदेश प्रमुख कुँवरले नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ । प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाख अधिकृत सुरणप्रसाद शर्मा पौडेलले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको र गण्डकी प्रदेशको प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश र संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक–एक प्रति शुक्रबार नै पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट