शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालक अपहरण गर्ने भारतीय पक्राउ

शुक्रबार, १३ भदौ २०७६, १७ : ३५
शुक्रबार, १३ भदौ २०७६

सिरहा– बालक अपहरण गरी भरततर्फ लैजान लागेको बेला बालकसहित अपहरणमा संलग्न पक्राउ परेका छन् । रौतहट घर भइर सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गर्ने भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया पक्राउ परेका हुन् । 

मुखियाले सिरहा कर्जन्हवा बस्ने यादवलाई डेराबाटै अपहरण गरेको सिराहा प्रहरीले जनाएको छ । बालक अपहरणमा संलग्न मुखियालाई संघीय प्रहरी ईकाइ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार सर्लाहीको विष्णुपुर गाउँपालिकास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो । उद्दार गरिएका बालकको सवास्थ्य परीक्षणपछि अभिभावकलाई जिम्मा दिने प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप