मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो छ ड्याट्सनको न्यू गो ? (भिडियोसहित )

शुक्रबार, १३ भदौ २०७६, १७ : २५
शुक्रबार, १३ भदौ २०७६

काठमाडौं । ड्याट्सनले यस वर्षको नाडा अटो शो विशेष कारको रुपमा ‘न्यू गो’ लाई प्रदर्शनिमा उतारेको छ । नेपालका लागि ड्याट्सन र निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नाडा विशेष न्यू गोलाई उतारेको हो ।

नेपाली बजारमा इन्ट्रिलेभलको कार प्रदायक ब्राण्डको रुपमा छुट्टै परिचय बनाउन सफल ड्याट्सनले बजारमा विभिन्न मोडल र सेग्मेन्टका मिडियम रेन्जका कारहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले नाडा विशेष कारकै रुपमा ल्याएको न्यू गोको पनि भिन्न भिन्न तीन भेरियन्ट उपलब्ध छन् ।

२५.९९ लाख रुपियाँ मूल्यबाट प्रारम्भ हुने उक्त गाडीका विभिन्न तीन मोडेलहरुमा न्यू गो, गो एओ, गो टीओ रहेका छन् ।

विशेष गरी न्यू गोमा सेफ्टी फिचरलाई विशेष ध्यान दिइएको छ । कारमा डुयल एयर ब्याग, एबीएस–इबीडी–बीए, तथा पार्किङ सेन्टर वेस्ट–इन–क्लास उपलब्ध गराइएको छ । 

न्यू गो फस्टइन सेग्मेन्ट एनड्रोइड अटोप्ले र एप्ल कार प्ले सिस्टमका साथमा ७ इन्चको टच स्कृन, अडियो सिस्टम लगाएतका सुविधाहरु उपलब्ध रहेका छन् । ४.६ एम टर्निङ रेडियस न्यू ‘ड्याट्सन गो’मा राइड कन्ट्रोल एड्भान्सड् सस्पेन्सन सिस्टममा १.२ पेट्रल इन्जिन रहेको, जसले प्रतिलिटर १९ दशमलव ८३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ ।

न्यू गो आरामदायी हुनुका साथै स्टाईलीससमेत रहेको कम्पनीको भनाइ छ । गो प्रयोग कर्ताहरुले आरामदायीका साथै सुरक्षित ड्राइभिङको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । कारमा जापानिज प्रविधियुक्त ईन्जिन, इन्धन कम खपत गर्ने, बस्नको लागि धेरै स्पेस तथा सुरक्षाजस्ता सबल पक्षहरु रहेका छन् । जसमा २६५ लिटर लगेज स्पेस उपलब्ध गराइएको छ ।

१४ इन्चको डाइमन्ड कट अल्लोइ ह्वील प्रयोग गरिएको न्यू गो कारमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ । जसले सामान्य अफरोडमा समेत सहज ड्राइभ गर्न सकिने कम्पनीको दाबी छ ।

सन् २०१४ देखि नेपालमा इन्ट्रिलेभलको कार उपलब्ध गराउन थालेको पायोनियर मोटो कर्पले ड्याट्सनले नेपालीहरुको मन जित्न सफल भएको र गो सेग्मेन्टको कारहरु बजारमा परिचित रहेको बताएको छ । पछिल्लो समय नाडालाई नै फोकस गरेर ल्याइएको न्यू गो सोहि सेग्मेन्टमा अन्य प्रतिसपर्धी ब्राण्डहरु भन्दा उत्किृष्ट रहेको कम्पनीको दाबी छ ।

हाल नेपाली बजारमा न्यू गो को मूल्य सेग्मेन्ट वाइज २५ लाख ९९ हजार, २६ लाख ९९ हजार र २७ लाख ९९ हजार रहेको छ ।

भिडियो  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप